जीवनशैली

निर्वाचन परीवेक्षण समितिका अध्यक्ष पोखरेललाई लिखित स्पष्टीकरण पेस गर्न निर्देशन



काठमाण्डाै – निर्वाचन आयोगले निर्वाचन परीवेक्षण समितिका अध्यक्ष प्रदीप पोखरेललाई स्पष्टीकरण सोधेको छ ।

वैशाख १९ गते टेलिभिजनमार्फत प्रकाशन/प्रसारण भएको अन्तर्वार्तालाई लिएर आयोगले अध्यक्ष पोखरेललाई लिखित स्पष्टीकरण पेस गर्न निर्देशन दिएको हो ।

निर्वाचन आचारसंहिता–२०७८ को विपरीत हुने गरी राजनीतिक दल हैन स्वतन्त्र उम्मेदवारलाई हेर्नुपर्छ भनी मतदातालाई प्रभाव पार्ने, दलहरूले नियुक्त गरेको निर्वाचन आयोग र निर्वाचन आयुक्तहरू भनी संवैधानिक आयोगको गरिमामाथि नकारात्मक टिप्पणीसहितका अभिव्यक्ति दिएको देखिएको भन्दै आयोगले उहाँसँग स्पष्टीकरण सोधेको हो।

अध्यक्ष पोखरेलले व्यक्त गरेका धारणा निर्वाचन पर्यवेक्षण समितिको आधिकारिक धारणा हुन् वा निजी अभिव्यक्ति हुन् ? २४ घण्टाभित्र आयोगमा लिखित स्पष्टीकरण पेस गर्नु भनिएको छ ।

प्रकाशित : २२ बैशाख २०७९, बिहिबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६