प्रदेश

भष्ट्रचारमुक्त नगरका लागि उम्मेद्वारीः मेयरका प्रत्यासी चौधरी




कपिलवस्तु, वैशाख २२
नेकपा (एमाले) को तर्फबाट महाराजगञ्ज नगरपालिकाका मेयरका प्रत्यासी रामदास चौधरीले भष्ट्रचार मुक्त महाराजगञ्ज नगरका लागि एमालेको तर्फबाट आफुले मेयर पदमा उम्मेद्वारी दिएको बताउनु भयो । मेयरका प्रत्यासी चौधरीले ५ वर्षको अवधीमा जनप्रतिनिधीबाट जनतालाई शुद्ध पिउने पानि समेत ब्यवस्थापन गर्न नसक्दा महाराजगञ्जका जनता निकै आक्रोशित भएको दावी गर्नु भयो । अध्यक्षका प्रत्यासी चौधरीले आफ्नो उम्मेद्वारी खास गरी महाराजगञ्ज नगरपालिकामा भष्ट्रचारले चरम सिमा नागेको आरोप लगाउदै नगरपालिकालाई शुसासनयुक्त बनाउन मृयर पदमा उम्मेदवारी दिएको चर्चा गर्नु भयो । मेयरका प्रत्यासी चौधरीले आफ्नो पार्टीले जितेमा छाप्रा मुक्त नगरपालिका बनाउदै नगरको समृद्धिका लागि समग्र शिक्षा, स्वास्थ्य, सडक, पूर्वाधार, रोजगारी श्रृजना जस्ता कार्यक्रम मार्फत नगरलाई समृद्धिको दिशा तर्फ लैजाने दावी गर्नु भयो । चौधरीले केपी ओली सरकारका पालामा भएका कामबाट महाराजगञ्जका जनता प्रभावित बनेको बताउदै हुलाकी सडक निर्माणले मधेशका जनता एमाले प्रति विश्वस्त भएको तर्क गर्नु भयो । मेयरका प्रत्यासी चौधरी महाराजगञ्जका नगरपालिकाको गैडहवा, सिसवा, औरहवा बस्तीमा घरदैलोका क्रममा मतदाताको जिज्ञासाका क्रममा यस्तो धारणा राख्नु भएको हो ।
त्यस्तै उपमेयरकी प्रत्यासी भानतमी यादवले वृद्ध, सुत्केरी, विपन्नका लागि निशुल्क एम्बुलेन्स सेवा संचालन गर्ने बताउनु भयो । यादवले मधेशी समुदायमा महिलामाथि ब्यापक हिंसा देखा परेको बताउदै हिंसा पिडित महिलालाई शिप विकास तालिम मार्फत रोजगारीका अवसरमा जोडने दावी गर्नु भयो ।

प्रकाशित : २२ बैशाख २०७९, बिहिबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६