ब्रेकिंग न्युज

बाबुवादको विपक्षमा जनादेश :अध्यक्षका प्रत्यासी चौधरी



कपिलवस्तु, वैशाख २२
नेकपा (एमाले) को तर्फबाट शुद्धोधन गाउँपालिकाका अध्यक्षका प्रत्यासी बिनोद चौधरीले बावुवाद नहेरी जनताले कामको आधारमा आफ्नो पार्टीलाई विजयी गराउने बताउनु भयो । गाउँपालिका अध्यक्षका प्रत्यासी चौधरीले मधेशी समुदायमा अहिले पनि ब्याप्त बावुवादको विपक्षमा जनादेश आउने कुरामा आफु विश्वस्त रहेको दावी गर्नु भयो । अध्यक्षका प्रत्यासी चौधरीले केपि ओली सरकारले गरेका भौतिक पूर्वाधार विकास, शिक्षा, स्वास्थ्य, सिमा सुरक्षा, राष्ट्रियता स्वाधिनता जस्ता महत्वपूणर् कामका कारण शुद्धोधनका जनताले एमालेलाई रोज्ने दावी गर्नु भयो । अध्यक्षका प्रत्यासी चौधरीले गाउँपालिका कार्यालयसंग सबै सहायक सडक जोडदै कालोपत्रे गर्ने प्रतिवद्धता ब्यक्त गर्नु भयो । चौधरीले एमाले सरकारले नेपाललाई अन्तराष्ट्रिय स्तरमा उच्च छविका साथ चिनाएको जिकिर गर्दै आफ्नो पार्टीले शुद्धोधन गाउँपालिकामा विजयी भएमा कृषिमा आधारित उद्योगलाई प्रोत्साहन गर्ने , युवाहरुलाई रोजगारीसंग जोडने, सडक संजाल विस्तार गर्ने जस्ता कार्यहरुलाई प्रभावकारी कार्यान्वयन गर्ने दावी गर्नु भयो । चौधरीले स्पष्ट विकास प्रतिको दृष्ट्रिकोणका कारण शुद्धोधनमा एमालेले बहुमतका साथ विजय प्राप्त गर्ने दावी गर्नु भयो । त्यस्तै गाउँपालिका उपाध्यक्षकी प्रत्यासी जलिमुन्निसा मुसलमानले समुदायमा महिलाहरु माथि थुुप्रै विभेद रहेको चर्चा गर्दै विभेदका विरुद्ध आफुले नेतृत्वदायी भूमिका निर्वाह गर्ने बताउनु भयो । उपाध्यक्षकी प्रत्यासी जलिमुन्निसा मुसलमानले समुदायका विपन्न बालबालिका, हिंसा पिडित महिला र वृद्धका लागि एमालेले विशेष प्याकेज ल्याउने दावी गर्नु भयो ।

प्रकाशित : २२ बैशाख २०७९, बिहिबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६