ब्रेकिंग न्युज

मधेसी जनका मनमनका मेयर पिताम्बर



कपिलवस्तु २२ माघ ।मधेसी जनका मनमनका अबका मेयर पिताम्बर भयेको पाइएको छ । एमाले नेता तथा बुद्धभूमि नगरपालिका मेयरका उम्मेदवार पीताम्बर खनाल मधेस र मधेसी जनताको विकासको लागि निकै उत्साहित देखिन्छन् । घरदैलो गर्ने क्रममा उनी मधेसको पहिचान बोक्ने गरी पहिरन लगाउँछन् । महिलाको समस्या निकै चाख लागेर सुन्छन् र समाधानको लागि सङ्कल्प गर्छन् । बृद्धबुवा आमाको सम्मान गर्दै ढोग अशिर्वाद लिन्छन् । एमालेको तर्फबाट सूर्य चिन्ह लिएर निर्वाचनमा होमिएका पीताम्बरको यही शैली अहिले बुद्धभूमिमा निकै चर्चाको विषय बनेको छ ।
उनको मधेस प्रतिको सम्मानले गर्दा स्थानीय जनताले बुद्धभूमिको दक्षिणी भेगलाई समेत विकास गर्ने नेताको रूपमा चित्रण गर्न लागेका छन् ।बुद्धभूमि नगरपालिका नेकपा एमाले मेयर पदका उम्मेदवार पीताम्बर खनाल प्रति आकर्षण बढ्न लागेको छ । मधेसको उर्वर भूमि मान्दै आएको बुद्धभूमि नगरपालिका वडा नम्बर ६ महुवामा एमालेका उम्मेदवारलाई भव्य स्वागत गरिएको छ ।
बिहीबार एमाले मेयरका उम्मेदवार पीताम्बर खनाल, उपमेयरमा उम्मेदवार मञ्जु थारुलाई स्थानीय जनताले जिताएर छाड्ने प्रतिबद्धता गरेका छन् । मेयर उपमेयर सहितको घरदैलोमा हजारौँको सङ्ख्यामा आएका जनताले समर्थन गर्दै वडा परिक्रममा गराएको थिए । मेयर खनालले वडामा रहेको खानेपानीको समस्या समाधान गर्ने , कृषिमा सिचाई, बिउ र मल खादको समस्या समाधान गर्ने , पहिलो वर्षमा खरको छाना मुक्त गर्न जस्तापाता वितरण गर्ने र वडालाई महाराजगन्ज डुमरा सडकमा जोड्न पुल निर्माण गर्ने प्रतिबद्धता गर्नु भएको थियो ।
घरदैलो कार्यक्रममा उपमेयरका उम्मेदवार मञ्जु थारुले पुरानो मेयर कै कारण वडामा विकास कम भएको बताउनु भयो । नगरपालिकाले भैँसी पालक कृषकहरूलाई लाभान्वित हुने स्मार्ट गाउँ कार्यक्रममामा बजेट विनियोजन गर्न समेत आनाकानी गर्दा कृषकहरू समस्यामा परेको बताउनु भयो । मधेसमा एमालेको क्रेज भएको हुँदा सयौँको सङ्ख्यामा ट्याक्टर, मोटर साइकल, जिप कार अटो रिक्सा सहितको र्‍याली भएको वडा अध्यक्षका उम्मेदवार नन्दलाल यादवले बताउनु भयो । वडा नम्बर ६ मा दोब्बर मतले विजयी हुने समेत यादवले बताए ।

प्रकाशित : २२ बैशाख २०७९, बिहिबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६