प्रदेश

नागरिकलाई प्रत्यक्ष विकासको अनुभूति गराउने छौंः मेयर पदका उम्मेदवार कलाम



कपिलवस्तु, २३ वैशाख । कांग्रेसका उम्मेदवारहरुसहित मेयर पदका उम्मेदवार अब्दुल कलामले महराजगंज नगरपालिकामा स्थानीय तहको समय अवधि नजिकिदै गर्दा घरदैलोलाई तिव्रता दिएका छन ।

नेपाली कांग्रेसको तर्फबाट मेयर पदका उम्मेदवार बन्नु भएका अब्दुल कलामको जित निश्चित जस्तै देखिएको छ । उहाँले नागरिकलाई प्रत्यक्ष विकासको अनुभूति गराउने खालको काम गरेर जनताको विश्वास जित्ने दावि गर्नु भयो । कलामलाई विजयी बनाउ यतिवेला चुनावी अभियानमा नगरवासि खटेका छन । ५ वर्ष मेयर बनेर नगरवासिको सेवक बनेका कलाम बलियो उम्मेदवारको रुपमा रहनु भएको छ । ५ वर्षको समय अवधिमा नगर परिर्वनमा विकास गरेको जनाउँदै मेयरका उम्मेदवार कलामले जित निश्चित रहेको दावि गर्नु भयो

महारजगंज नगरपालिका भित्र घरदैलोमा पुगेका कलामलमई टोलटोलबाट जिताउने प्रतिकृया दिन्छन । महारजगंज नगरपालिका नगरप्रमुख पदका उमेदवार अब्दुल कलाम र उप प्रमुख पद का उमेदवार शुभावती कुर्मी वडा अध्यक्ष पदको उम्मेद्धार योगेन्द्र कुमार केसी सहित महिला वडा सदस्य ,खुल्ला वड़ा सदस्य, सहितको प्यानल चुनावी मैदानमा रहेका छन् । उनीहरुले वडा भित्रका जनताका घर घरमा पुगि मतभार आफ्नो पक्षमा बनाउन यो अभियान सुरु गरेका हुन ।

५ वर्षे कार्याकालमा नगरभित्र शिक्षा, स्वास्थ्य, खानेपानी र कृषि क्षेत्रलाइ यातायता, भौतिक सेवा सुविधा लगायतमा परिवर्तनको फड्को मारेको महाराजगंजमा नगर परिर्वतनको सन्तुष्टिले मेयर पदमा कलामलाई एक कार्याकाल दोहोराउने पक्षमा महाराजगंजवासी लागेका छन ।

प्रकाशित : २३ बैशाख २०७९, शुक्रबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६