जानु पाण्डे, २३ वैशाख ।
नेकपा एमालेका संघिय साँसद व्रिजेश कुमार गुप्ताले बुड्ढी बक्डरीया सडकलाई बजेट विनियोजन गरे पछि वडा नम्बर ४ वडा कार्यालयले सिफारिस भएको खुलासा भएको छ । एमालेको योजना भए पछि आफु पछाडी पर्ने संकेत मिले पछि वडा अध्यक्ष पवन कुमार चौधरीले योजनाको लागि सिफारिस नदिएको आरोप लागेको छ ।
नेकपा एमालेबाट बुद्धभूमि ४ को अध्यक्षमा उम्मेदवारी दिएका शुशिल चौधरीले खुलासा गरेका हुन । वडा अध्यक्ष पवनले सिफारिस नदिए पछि वडा नम्बर २ का वडा कार्यालयबाट सिफारिस पत्र बनाएर योजना सञ्चालन भएको थियो ।
बुद्धभूमि नगरपालिकाको प्रवक्ता समेत रहेका पवनले बदमासी गरेको भन्दै जनताले यसपालिको चुनावमा सजाय दिने चौधरीले बताए ।
२३ बैशाख २०७९, शुक्रबार
प्रतिक्रिया