कपिलवस्तु,२४ वैशाख ।नेकपा (एमाले) का उपाध्यक्ष एवम् पूर्व अर्थमन्त्री विष्णु पौडेलले बुटवल, गोरुसिंगे ५० किमि आधुनिक सडक निर्माणका लागि एसियाली विकास बैंकसंगको समन्वयमा डिपिआरको काम सम्पन्न भएको बताउदै र केही समयमै विश्व बैंकको सहयोगमा टेन्डर आब्हान हुने दावी गर्नु भयो । पूर्व अर्थ मन्त्री पौडेलले आफु अर्थमन्त्री हुदा सो सडक निर्माणका निम्ति पार्टीले अगुवाई गरेको दावी गर्नु भयो । नेता पौडेलले सुकुम्बासी समस्या, अब्यवस्थित बसोवासीको समस्या एमालेको नेतृत्वको बन्ने आगामी सरकारले स्थायी रुपमा समाधान गर्ने दावी गर्नु भयो । पूर्व अर्थमन्त्री पौडेलले जनप्रतिनिधीले जनताको सेवकको रुपमा काम गर्ने बताउदै वाणगंगाको विकास एमालेको जिम्मेवारी रहेको दावी गर्नु भयो । नेता पौडेलले गठबन्धन रोइरहेको बताउदै जनाधार भएको एमालेले देश ब्यापी रुपमा महानगरपालिका, उपमहानगरपालिका र पालिकाहरुमा सानदार विजय हासिल गर्ने दावी गर्नु भयो । नेता पौडेलले नेकपा (एमाले) बाणगंगा निर्वाचन परिचालन कमिटीद्धारा बनगाईमा शुक्रबार आयोजित पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै यस्तो धारणा राख्नु भएको हो ।
उपाध्यक्ष पौडेलले एमाओवादीका जिल्ला सचिवालय सदस्य एवम् अखिल नेपाल जनश्वास्थ कर्मी संघका केन्द्रिय सदस्य डा. धर्मराज भट्टराई सहितका विभिन्न पार्टी परित्याग गरी १ सय १ जना लाई एमालेमा पार्टी प्रवेश गराउनु भएको थियो ।नेकपा (एमाले) को तर्फबाट बाणगंगा नगरपालिकाका मेयरका प्रत्यासी चक्रपाणी अर्यालले ७ वटा गाविस मिलेर निकै कमजोर भौतिक पूर्वाधार रहेको अवस्थामा बाणगंगा नगरपालिका बनेको चर्चा गर्दै ५ वर्षको अवधीमा आफुहरुले २ सय बढी सडक कालो पत्रे सडक, ३ सय वढी ग्रावेल सडक, विद्यालय भवन , स्वास्थय चौकीका भवन निर्माणको काम सम्पन्न गरेको बताउनु भयो । मेयरका प्रत्यासी अर्यालले विगतमा नगरपालिकाका लागि आवश्यक ऐन, कानून निर्माण गरिएको, सुत्केरीका लागि निशुल्क एम्बुलेन्स सेवा संचालन गरिएको चर्चा गर्दै यस अवधीको सिकाईबाट आगामी ५ वर्षमा नगरलाई उत्कृष्ट नगरपालिकाको रुपमा पहिचान बनाउने दावी गर्नु भयो ।
नव प्रवेशी डा. धर्मराज भट्टराईले वर्तमान समयको आवश्यकता एमाले पार्टी नै रहेको बताउदै छोटो समयमै एमाओवादीबाट ठूलो समूह एमालेमा आउने दावी गर्नु भयो । नव प्रवेशी भट्टराईले एमाले संस्थागत ढंगले संचालन हुदा जनविश्वास बढदो रहेको र देश ब्यापी रुपमा एमालेको पक्षमा जनलहर आएको दावी गर्नु भयो । भट्टराईले एमाओवादीमा आफुले २० वर्ष ब्यतित गरेको दावी गर्दै प्रचण्डको चितवनको सुनावी सभाको भाषण सुन्दा आफुलाई आत्म गलानी भएको तर्क गर्दै छोरी हार्दा देश संकटमा पर्ने भाषण गर्नु निकै लज्जाको विषय भएको दावी गर्नु भयो ।
नेकपा (एमाले) निर्वाचन परिचालन कमिटीका संयोजक विश्राम प्रसाद थारुको अध्यक्षतामा सम्पन्न पार्टी प्रवेश कार्यक्रममा नेकपा (एमाले) पोलिटब्यूरो सदस्य एवम् राष्ट्रिय सभा सदस्य बिमला घिमिरे, नेकपा (एमाले) केन्द्रिय कमिटी सदस्य, कृषि तथा पशुपक्षि विभाग प्रमुख गिरधारीलाल न्यौपाने, नेकपा (एमाले) केन्द्रिय कमिटी सदस्य तथा कपिलवस्तु इन्चार्ज बलराम अधिकारी, एमाले जिल्ला अध्यक्ष डम्मर शर्मा लगायतका नेता, कार्यकर्ताहरु, एवम् स्थानियतको उपस्थिती रहेको कार्यक्रमको संचालन एमाले बाणगंगा नगर कमिटी सदस्य भिम थापाले गर्नु भएको थियो ।
प्रतिक्रिया