प्रदेश

उच्च माविको मुहार फेरे जसरी वडाको मुहार र्फेर्छु :पौडेल




हरि घिमिरे, २३ वैशाख ।बाणगंगा वडा न. ८ का वडा अध्यक्ष पदका उम्मेद्वार हुमनाथ पौडेलले बाणगंगा मावि लौगाईको मुहार फेरे जसरि वडाको मुहार फेर्ने बताउनु भएको छ । बाणगंगा माध्यामिक विद्यालय लौगाईको नतिजा प्रकाशन तथा पुरस्कार वितरण कार्यक्रममा उहाँले यस्तो बताउँनु भएको हो । उहाँले बाणगंगा मा.वि लौगाईमा दुई कार्यकालमा विद्यालयको कायापलट भएको जिकिर गर्नु भयो । बाणगंगा मा.वि लौगाई कस्तो थियो ? भन्ने वालवालिकाका अभिभावक संग उहाँले प्रश्न गर्दा सवैले तालि पिटेर पौडेलको प्रशंसा गरेका थिए । विगतको विद्यालयको अवस्था हेर्दा र हालको अवस्थाले बताउँछ भन्दौ अभिभावक भक्तीराम भुसालले भन्नु भयो गरे के हुँदैन र भन्ने उदाहरण पेस गर्ने मध्य यिनै हुमनाथ पौडेल रहेछन् । वालवालिका लाई बोडिङ्ग स्कुलमा पढाउनु पर्छ भन्ने म अहिले सरकारि विद्यालयको अभिभावक भएर आएको छु ।

अव आफौ सोच्नुहोस ? उल्टा प्रश्न गर्नु भयो । साच्चौ पौडेलले विद्यालयको व्यवस्थापन समितिको अध्यक्षको दुई कार्यकालमा विद्यालयलाई नगरपालिका मात्रै नभएर जिल्लाकौ उत्कृष्ट विद्यालयको रुपमा स्थापित गरेको विद्यालयका प्राचार्य कुलराज पौडेलले बताउनु भयो । पौडेलले कपिलवस्तु उद्योग वाण्ज्यि संघको १०औं कपिलवस्तु महोत्सवमा स्टल तथा स्थल संयोजकको भुमिकामा रहदाँ संस्थालाई ८८ लाख बचत गर्न सफल भएको उहाँको भनाई छ । विभिन्न सामाजिक संस्थामा आफ्नो पहिचान बनाउनु भएका पौडेल बाणगंगा वडा नम्बर ८ को अध्यक्षको उम्मेद्वार भएकाले सवैले आ–आफ्नो ठाँउ बाट सहयोग गर्न उहाँले अपिल समेत गर्नु भएको छ ।

पौडेलले भन्नुभयो “साच्चै मुखले भन्दा व्यवाहारले जनताको सेवा र विकास गर्नु पर्छ ।” वडा न.८ का जनता सक्षम र सचेत भएकाले पनि पाको र व्यवाहारिक उम्मेद्वार जनताले चिनि सकेको बताउनु भयो । पौडेलले वडाको शैक्षिक विकास र वडावासिका सना, ठुला समस्या समाधान गर्ने प्रतिबद्धता बालवालिकाका अभिभावक संग राख्नु भयो । उहाँले कुनै प्रलोभनमा नपरि सच्चार र्कमठ चार दलिय गठबन्धनका उम्मेद्वारहरुलाई विजयी गराउन अभिभावक समंक्ष आग्रह गर्नु भयो । अभिभावक भेटघाटमा महिला सदस्यमा सिर्जना गैरे, दलित महिला सदस्यमा अनुराधा परियार र खुल्ला सदस्यहरुमा कमल वेल्वासे र शिव खासु मगर गरि ५ जनाको सक्रिय टिमले वडाका मतदातासंग भेटघाट गरि घरदैलो कार्यक्रम गरेका छन् ।

प्रकाशित : २३ बैशाख २०७९, शुक्रबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६