कपिलवस्तु, २४ वैशाख ।
क
कपिलवस्तु, २४ वैशाख ।
कपिलवस्तुको बाणगंगा नगरपालिकाका ८ का वडा अध्यक्ष पदका उम्मेद्वार कृष्ण प्रसाद पोख्रेलले वडा बनाउने जिम्मा आफ्नो काँधमा सुम्पीन मतदातालाई आग्रह गर्नुभयो । वडा न. ८ मा भएको कोण शभालाई सम्बोधन गर्दौ उनले यस्तो बताउनु भएको हो । उनले मतदाताले आफ्नो अमुल्य मत प्रयोग गरेर जिताएमा वडा लाई नगरकै उत्कृष्ट वडा बनाउने प्रतिबद्धता जाहेर गर्नुभयो । त्यस्तै उम्मेदवार पोख्रेलले किसानका हरेक सम्मस्याहरुलाई सुल्झाउदै बाणगंगा ८ वडालाई स्मार्ट कृषि जोन बनाउँने जिकीर समेत गर्नुभयो । उहाँले अब प्रत्येक किसानलाई किसान कार्डको व्यवस्थ गर्दै हरेक किसानको समस्या आफुले समाधन गर्ने प्रतिवद्धता समेत गर्नुभयो । त्यस्तै उहाँले वडाका सबै कुलो पक्की गरी सिचाई सुविधा प्रदानगर्ने र सिचाई सुविधा नुहँने ठाउँ–ठाउँमा बोर्डिङ्गको व्यवस्था समेत गर्ने बताउँनुभयो । उहाँले अब कृषिलाई आधुनिकार गर्दै सम्मुनत र नमुना वडाको रुपमा परिचत गराउने योजना समेत रहेको बताउँनुभयो । त्यस्तै उहाँले वडा भित्र रहेको छाडा चौपायालाई व्यवस्थापन गर्न ठाउँ ठाउँमा कान्जी हाउस निर्माण गर्ने र त्यसलाई व्यवस्थित गर्ने समेत जनकारी दिनुभयो ।
त्यस्तै बाणगंगा ८ ले गरेको घरदैलो कार्यक्रममा बाणगंगा नगरका मेयर पदका उम्मेदवार राविराज आचार्य, उप मेयार पदका उम्मेदवार तारावती थारु, वडा सदस्य पदका उम्मेदवार संक्रन्ती थारु, महिला सदस्य पदका उम्मेदवार विष्णु मल्ला, सदस्य पदका उम्मेदवार पुष्पा राई (मदन) महिला दलित पदका उम्मेदवार कमला मिजार लगायतले घरदैलो क्रममा धनेसपुर, चप्परगाउँ, ढेडेकोल, मोमी, बण्डौली, मधुवान, बोर्डगाउँ लगायतको स्थानमा सम्बोधन गर्दै आफुहरुको विजयी भैसकेको र अव यस स्थानको शुसासन, विकास, स्वास्थ्य, शिक्षा, खानेपानी, यातायातको विकास आफुहरुले गर्ने प्रतिवद्धता समेत गर्नुभयो ।
प्रतिक्रिया