कपिलवस्तु २४ वैशाख
नेकपा एमाले कपिलवस्तु नगरपालिका वडा नं ९ मा चुनाबी अभियान अन्तरगत शनिवार वडाका ९ स्थानमा जनताको व्यापक उपस्थितीमा कोणसभा गरिएकाृे छ । कोण सभालाई सम्बोधन गर्दै नेकपा एमालेका प्रदेश कमिटि सदस्य धर्मवहादुर लाल श्रीवास्त वले एमालेका उमेद्वारलाई भारीमतले जिताउन जनतालाई आग्रह गर्नु भयो । विकास र समृद्धिका लागि नेकपा एमालेलाई जिताउनु पर्ने उहाँले धारणा राख्नु भयो । वडाका विभिन्न ८ स्थानका चुनाबी कोण सभालाई सम्बोधन गर्दै युवा नेता सुन्दर पाण्डेले देश एमालेमय भएको जिकिर गर्नु भयो ।

नेकपा एमाले सरकार बाहिर रहदा देशमा अर्थतन्त्रको अवस्था डामाडोल भएको , महंगीले जनताको ढाड सेक्ने काम भएकोले जनताले अब एमालेलाई मत दिएर जिताउनु पर्ने जनाउनु भयो । नेता पाण्डेले एमालेलाई जिताउनु भनेको देशले जित्नु भएकोले सबै जनताले बुझेर एमालेका उमेद्वारलाई सुर्य चिन्ह्रमा भोट दिएर जिताउनु पर्ने धारणा राख्नु भयो ।
कार्यक्रमलाई सम्बोधन गर्दै वडा अध्यक्षका उमेद्वार दिपक गुरुडले आफुले निर्वाचन जितेपछि पारिश्रमिक नलिने घोषणा गर्नु भएको छ ।

उक्त पारिश्रमीक अक्षय कोष मार्फत गरिब , निमुखा , बिपन्न परिवार , छात्रवृत्ति लगायतका काममा लगाउने उहाँले जनाउनु भयो । जगदिशपुरको विकासको मोडल हेर्न पनि एक पटक जनताले आफुलाई भारी मतले जिताउन समेत सबैमा उहाँले अपिल गर्नु भएको छ । कार्यक्रममा प्रदेश कमिटि सदस्य हिरालाल पौडेल , युवा नेताहरु देवराज पाण्डे , पार्वती पाण्डे , शिव वाग्ले , रिसब पौडेल लगायतको उपस्थ्तिी रहेको बताइएको छ ।









प्रतिक्रिया