कपिलवस्तु, २५ वैशाख ।
कपिलवस्तु वाणगंगा नगरपालिकामा नेपाली कांग्रेसबाट उठेका नगर प्रमुखका उम्मेद्वार रविराज आचार्यले आफु नगरमा निर्वाचित भए लगत्तै सम्पत्ति विवरण सार्वजनिक गर्ने प्रतिवद्धता जायर गरेका छन् ।
आसन्न बैशाख ३० को स्थानीय तह निर्वाचन केन्द्रीत कपिलवस्तु जेसिजले शनिबार जितपुर चारनम्बर चोकमा राखेको ककस कार्यक्रममा बोल्दै नगर प्रमुखका प्रत्यासी आचार्यले भ्रष्ट्राचार आफ्नो कालमा कदापि नहुने दाबी गरेका छन् ।
भ्रष्ट्राचार प्रति तपाईको कुरा के छ भनेर सहभागीले राखेको उत्तरको जवाफ दिदै उनले भ्रष्ट्राचार गरेको प्रमाणित भए अख्तियार, अदालतमा गएर उजुरी हाल्ने होइन् घरमै आएको जुत्ताको माला लगाएर कालोमसो दलेर घिसार्न आग्रह गरेका छन् ।
सार्वजनिक मञ्चमा उनले यसो भनिरहदा सहभागीले समर्थनमा तालि बजाएका थिए । सुशासनको प्रश्नमा स्थानीय तह प्रश्नै प्रश्नले झेलिएको सन्दर्भमा नगर प्रमुखका उम्मेद्वार आचार्यले भ्रष्ट्राचार निर्मुलमा आफ्नो हरदम प्रयास हुने बताए ।
कार्यक्रममा बोल्दै उनले कागजी विकास भन्दा पनि काम गरेर देखाउने बताए । जनताले जिताएको खण्डमा नगरबासीको अपेक्षा प्रति आफुले कहिल्यै कुठराघात नगर्ने उनको वचनबद्धता थियो ।
साथै उनले आफु कानुनको विद्यार्थी भएकाले विधिको शासनमा विश्वास गर्ने उनले बताए । अहिलेसम्म आफुले नेतृत्व गरेका ठाउँहरुमा राम्रै्र गरेको लाग्ने भन्दै कहीँ कतै गल्ती गरेको भए औल्याइ दिन उनले आग्रह गरे ।
प्रतिक्रिया