प्रदेश

चुनावमा खटिने सुरक्षाकर्मीको ज्यान गएमा परिवारलाई २० लाख रुपैयाँ सहयोग



काठमाण्डौ, २५ वैशाख । सरकारले पालिका चुनावका लागि सुरक्षामा खटिएका सुरक्षाकर्मीको ज्यान गएमा मृतकका आश्रित परिवारलाई २० लाख रुपैयाँ आर्थिक सहायता उपलब्ध गराउने निर्णय गरेको छ ।

गृहमन्त्री बालकृष्ण खाणको प्रस्तावमा आज आइतवार बिहान बसेको मन्त्रिपरिषद्को बैठकले चुनाव अवधिभर सुरक्षामा खटिने म्यादी प्रहरीसहित सुरक्षाकर्मीको ज्यान गएमा मृतकका आश्रित परिवारलाई २० लाख रुपैयाँ आर्थिक सहायता उपलब्ध गराउने निर्णय गरेको गृहमन्त्रीको सचिवालयले जनाएको छ ।

यस सहायता नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल नेपाल, राष्ट्रिय अनुसन्धान विभाग र म्यादी प्रहरीको हकमा लागू हुनेछ । त्यस्तै बैठकले चुनावको क्रममा घाइते भएका सुरक्षाकर्मीको उपचारमा लागेको खर्च पनि सरकारले बेहोर्ने निर्णय भएको गृहमन्त्रीको भनाइ उद्धृत गर्दै प्रेस संयोजक मधुसूदन भट्टराईले जानकारी दिनुभयो ।

बैठकले हिमाली जिल्लामा खटिने म्यादी प्रहरीका लागि प्रहरी जवानसरह जिल्लागत दररेटअनुसार रासन भत्ता उपलब्ध गराउने निर्णय पनि गरेको उहाँको भनाइ थियोे । रासस

प्रकाशित : २५ बैशाख २०७९, आइतबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६