कपिलवस्तु वैशाख २५ गते ।
कपिलवस्तु नगरपालिकामा एमालेबाट डा राजेश गुप्ताले मेयर पदमा उम्मेदवारी दिए पछि जनता आशावादी भएका छन् । चिकित्सक गुप्ताको राजनिति प्रवेशलाई लिएर नगरपालिकाका जनताले विद्धान मानिसले राजनिति गरे पछि विकासको बातावरण बन्ने बताएका छन् । नगरपालिकाको वडा नम्बर ५ मा जनता सँग मत माग्दै मेयर गुप्ताले नगरपालिकालाई पर्यटकको घर बनाउने बताउनु भएको छ ।
उहाँले कपिलवस्तु जिल्ला पर्यटन, कृषि, उद्योग, वन तथा वातावरणमा धनी भएको हुँदा त्यसबाट जनतालाई रोजगार बनाउने बताउनु भयो ।
घरदैलो कार्यक्रममा एमालेबाट निर्वाचित साँसद व्रिजेश कुमार गुप्ताले कपिलवस्तु नगरपालिका भित्र भएका विकास एमालेले गरेको बताउनु भयो । नगरपालिका भित्र बनेका सडक केपी ओली पहिलो पटक प्रधानमन्त्री हुदाँ तराई मधेसको जिल्ला सदरमुकामको विकास गर्ने अभियान अन्तर्गत बनेको बताउनु भयो । दशकौँ देखि विकास नभएको हुलाकी सडक समेत एमाले नेतृत्वको सरकारले निर्माण गरेको दाबी गर्नु भयो ।
‘विद्धान पढेलेखेका मानिस आए विकास गर्छन, अरु आए व्यापार गर्छन । खोलाका बालुवा निकाल्ने दोहन गर्छन वातावरणको विनास गर्छन । ’ त्यसैले यस पटक ठेकेदारलाई भन्दा पनि समाजमा सुधार गर्ने पढेलेखेका विद्धानलाई मत दिनु पर्ने एक मतदाता बताउछन्
‘नगरपालिकाले आफ्ना आसेपासो र कार्यकर्तालाई मात्र नल (धारा) बाड्दा गरिव जनता लाभान्वित हुन बाट वन्चित भएको स्थानीयहरुले बताए । स्थानीय जनतालाई एमालेका मेयरका उम्मेदवार गुप्ताले ग्रामिण क्षेत्रका जनतालाई स्वच्छ पानि खुवाउन ओभर हेड ट्याकींको प्रवन्ध मिलाउने, गरिवको घरका खरको छाना मुक्त गराउने, गुणस्तरीय सडक बनाउन सक्ने बताएका थिए ।
प्रतिक्रिया