ब्रेकिंग न्युज

कांग्रेसलाई कृष्णनगरमा आफ्नो विरासत जोगाउन मुस्किल



कपिलवस्तु २६ बैशाख ।कपिलवस्तु जिल्लाको कृष्णनगर नगरपालिकामा नेकपा एमाले र नेकपा माओवादी केन्द्र बिच कडा प्रतिस्पर्धा हुने देखिए पछि कांग्रेस कपिलवस्तुलाई कृष्णनगरमा आफ्नो बिरासत जोगाउन मुस्किल परेको छ ।कृष्णनगर नगरपालिकाका उपप्रमुख सबनम खातुनका जेठाजु तथा प्रदेश सभाका निर्वाचनमा दोस्रो भएका जावेद खान आफू अहिले कडा प्रतिस्पर्धामा रहेको बताउनुभयो । यस्तै नेकपा एमालेका तर्फबाट युवा माझ लोकप्रिय नेता कुनाल प्रताप शाहको संभावना प्रबल रहेता पनि प्रतिस्पर्धा भने कडा हुने देखिएको छ ।कपिलवस्तुको कृष्णनगर नगरपालिकाको माओबादी केन्द्र पार्टी तर्फबाट मेयर पदका उम्मेदवार जावेद आलम खानले आफू मेयर पदका लागि कडा प्रतिस्पर्धा मा रहेको बताउनु भएको छ ।

मेयर पदका उम्मेदवार जावेद आलम खान चुनावी माहोल माओबादी केन्द्र तर्फ मोडिएको र आफू जनता को साथ र समर्थन पाई रहेको दाबी गर्दै कडा प्रतिस्पर्धा मा रहेको बताउनु भएको छ ।यस्तै कृष्णनगरमा मंगल गुप्ता र कुनाल प्रताप शाहको क्रेज भने उच्च छ । नेकपा माओवादी केन्द्र स्थानीय निर्वाचन ०७४ मा भने दोस्रो पार्टी भएको थियो । माओवादी केन्द्र र नेकपा एमालेको कडा प्रतिस्पर्धाका मा कांग्रेस कृष्णनगरलाई आफ्नो बिरासत जोगाउन हम्मे हम्मे परेको छ ।

शाह परिवारका नेता कुनाल प्रताप शाह विगत लामो समय देखि समाजिक कार्यमा अग्रसर तथा जनताको सुख दुःख मा साथ दिदै आएका खान चुनावी दौडमा लोकप्रिय नेता मध्ये एक हुन ।कृष्णनगर माओबादी केन्द्र नगर अध्यक्ष समेत रहेका खानले आफू सहित उपमेयरमा पुष्पा तिवारी पनि कडा प्रतिस्पर्धा मा रहेको बिश्वास ब्यक्त गर्नु भयो । नेता खानले माओबादी केन्द्र लाई बिजयी बनाउन दिनरात खटिई बिजयी बनाउने प्रतिबद्ध रहेको बताउनु भयो ।

यता नेकपा एमालेले पनि प्रतिस्पर्धा कांग्रेस सङ नभइ माओवादी सङ हुने आकलन गरेको छ ।कुनाल प्रताप शाहको राजनीतिमा इन्ट्री भए सङै नेपाली कांग्रेस बाट मेयर र प्रतिनिधि सभा सांसद रहेको कृष्णनगरमा आफ्नो बिरासत जोगाउन हम्मे हम्मे परेको छ । प्रबल संभावना रहेका कुनाल प्रताप शाह र जाबेद आलम खाँनको कडा प्रतिस्पर्धा हुने देखिए पछि कांग्रेस कृष्णनगरले आफ्नो चुनाबि अभियान लाई पनि कमजोर बनाउदै आएको बताइएको छ ।

प्रकाशित : २६ बैशाख २०७९, सोमबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६