राजनीति

समृद्धि कृष्णनगर निर्माण गर्न एमालेले जित्नु आवश्यक : मेयरका उम्मेदवार शाह



कपिलवस्तु वैशाख २५ गते । कृष्णनगरलाइ समृद्धि नगर निर्माण गर्न नेकपा एमालेलाई जित्न आवश्यक रहेको मेयरका उम्मेदवार कुनाल प्रताप शाहले बताउनु भएको छ । उहाले कृष्णनगरमा रहेका विकृति विसंगति अन्त्य गर्दै शुसासनयुक्त नगर निर्माणको आफु प्रतिवद्ध भएर लाग्नेमा जोड दिनु भयो ।आगामी बैषाख ३० गते हुने स्थानीय तहको निर्वाचनलाई लक्षित गर्दै नेकपा एमाले कृष्णनगरले आयोजना गरेको घरदैलो कार्यक्रममा बोल्दै उहाले उक्त कुरा बताउनु भएको हो । मेयरका उम्मेदवार शाहले आमनागरिकको सल्लाह र सुझाव अनुसार नगरपालिकाको योजना छनोट गरेर कार्यान्वयन गर्नेमा जोड दिनु भयो । उहाले सहकार्यले मात्र दीगो विकास हुन्छ भन्ने कुराको आत्मसाथ गर्दै नागरिकको सुझावाई शिरोधार गर्ने बताउनु भयो ।

उहाले निर्वाचनको समयमा गरेका प्रतिबद्धता पुरा गर्न निरन्तर लागि रहने बताउनु भयो ।मेयर पदका उमेद्धार शाहले नगरका टोल टोलका समस्यालाई मनन गरेर योजना निमार्ण गर्ने बताउनुभएको छ । भित्रि बस्तिहरुमा पनि समान विकासको योजना बनाएर सबैलाई समान नजरबाट हेर्ने प्रतिवद्धता व्यक्त गर्नुभयो । शाहले जति षणयन्त्र गरे पनि एमाले बिजय हुने दाबि गर्नुभएको छ । आपनो नगरलाई शिक्षा, स्वास्थ र कृषिका क्षेत्रमा अब्बल बनाउन लागि पर्ने उहाँले प्रतिवद्धता व्यक्त गर्नुभएको छ । विद्यालय जानबाट बन्चित भएका बालबालिकालाई विद्यालयमा पुर्याउने उहाँले बताउनुभयो ।

खरको छाना मुक्त वडा र सुकुम्बासीका लागि लालपुर्जा प्रदान गर्न पहल गर्ने प्रतिवद्धता व्यक्त गर्नुभयो । विगतको ५ बर्षमा यस नगरपालिकालाई धेरै बजेट आए पनि यस क्षेत्रको विकास भने सुन्य रहेको समेत बताउनु भएको छ । कृणनगर नगरपालिकामा अहिले सम्म पनि यहाँका जनताहरुले स्वच्छ खानेपानी समेत खान पाएका छैन् । अबल र राम्रो नेतृत्व हुन नसक्दा कृणनगर नगरपालिका विकासको क्षेत्रमा पछि परेको र यहाँका जनताले दुःख पाउनु परेको बताउनु भएको छ । उहाँले नगरका टोल टोलका समस्यालाई मनन गरेर योजना निमार्ण गर्ने बताउनुभएको छ ।कृष्णनगरवासीको समस्या समाधान गर्न सक्ने र बfहाना बनाएर पछि नसर्ने भएको हुदा निर्धक्क भएर नेकपा एमालेका उम्मेदवारलाई सूर्य चिन्हमा मतदान गर्न आम नागरिक संग आग्रह गर्नु भयो ।

प्रकाशित : २५ बैशाख २०७९, आइतबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६