कपिलवस्तु, २५ वैशाख ।
नेकपा एमालेबाट यशोधरा गाउपालिकाको अध्यक्षमा उमेदवारी दिनुभएका शिव दयाल तिवारीले आफुले जिते गाउपालिकामा २५ शैयाको अस्पताल निर्माण गर्ने बताउनुभएको छ । यशोधरा गाउपालिकाका जनतालाई सामान्य समस्या हुदा पनि कपिलवस्तु अस्पताल लगायत भारत र बुटवल पुग्नु पर्ने समस्या हुदा कतिपहेकोत् अस्पताल पुर्याउन नपाएरै ज्यान जाने गरेकाले गाउपालिकामै २५ शैयाको अस्पताल निर्माण गर्ने बताउनुभएको हो।
मतदातालाई भेटघाट गर्दै उहाले यस्तो बताउनु भएको हो । गरिब दुखीको साहार भनेको एमाले भएको भन्दै मतदाताले अहिले एमालेको जित सुनिच्छित रहेको बताए । एमालेले जिते गाउपालिकालाई खरको छाना मुक्त गाउपालिका बनाउने, खानेपानीको उचित व्यवस्थाका लागि ओभरहेड ट्याङ्ग्कि निर्माण गर्ने,कृषिमा उचित अनुदान दिई सिचाईका लागि बोरिङ्गको व्यवस्था गरिदिने, उच्च शिक्षा अध्यान गर्ने विध्यार्थिलाई गाउपालिकाबाटै सहयोग गर्ने लगायतका काम गर्ने तिवारीले बताउनुभयो । तिवारीले आफुले जिते जनताको सेवाका लागि आफु दिनरात खटिने र जनताको मनोभावनालाई ख्याल राखी काम गर्ने प्रतिवदता गर्नुभयो।
प्रतिक्रिया