कपिलवस्तु, २६ वैशाख ।
कपिलवस्तुको बुद्धभूमि नगरपालिका वडा न. ३ का वडा अध्यक्ष पदका उम्मेद्वार नारायण पाण्डेले वडाको विकासमा शिक्षा, स्वास्थ्य, कृषि र यातायात आफ्नो मुख्य एजेण्डा रहेको बताएका छन् । उनले नगरपालिका बाट टाढा रहेको वडा भएकाले यसलाई सडक यातायात संग जोडेर वडाका सबै कार्य गर्न जनतालाई सहज बनाउन आवश्यक रहेकोले आफ्नो उम्मेद्वारी रहेको बताए । बुद्धभूमि नगपालिकाको रनगाईको अवस्था सुधार गर्न आफु सदैव लागि पर्ने उनको भनाई छ । वडामा खानेपानि, बिद्युत तथा खेलकुदको विकासमा नयाँ भिजनका साथ आफु मैदानमा आएको बताएका छन् । नेपाली कांग्रेस वडा न. ३ बाट वडा अध्यक्षमा युवा नेता नारायण पाण्डे, सदस्यमा ओम प्रसाद खनाल राजकुमार थारु, कमला विक र यमुना चौधरी चुनावि मैदानमा होमिएका छन् ।
२६ बैशाख २०७९, सोमबार
प्रतिक्रिया