कपिलवस्तु, वैशाख २६
नेकपा (एमाले) को तर्फबाट बाणगंगा नगरपालिकाका मेयरका प्रत्यासी चक्रपाणी अर्यालले बाणगंगाको पटना एवम् सिंगो वडा नं. १० लाई विकासको मूल प्रवाहमा छिट्टै जोडने बताउनु भयो । मेयरका प्रत्यासी अर्यालले पटनालाई विकासको मूल प्रवाहमा जोडर्दै समृद्ध नगर निर्माण गर्ने दायित्व आफुहरुले पुरा गर्ने दावी गर्नु भयो । अर्यालले नगरको विकासका निम्ति उत्पादकत्व वृद्धिमा जोड दिदै नगर भित्र र अझ बढी पटनामा देखा परेको सुकुम्बासी समस्यालाई यथाशिर्घ समाधान गर्ने काम आफ्नो मुख्य प्राथमिकतामा रहेको दावी गर्नु भयो । अर्यालले सडक कालोपत्रे, पुल, पुलेसा, सिचाई, शिक्षा जस्ता समस्या पटनाम अहिले पनि ज्वलन्त रहेको चर्चा गर्दै समृद्ध नगर, सुखी नगरवासी बनाउने संकल्प पुरा गर्ने कार्यमा आफु अवरात्र जनताको साथमा रहने बताउनु भयो । मेयरका प्रत्यासी अर्यालले बाणगंगा नगरलाई सबै नगरबासीको पहिचान कायम गर्ने गरी कार्य संचालन गर्दै सक्षम स्थानिय सरकार मार्फत नगरलाई समृद्ध नगरको रुपमा विकास गर्ने प्रतिवद्धता ब्यक्त गर्नु भयो । अर्यालले नगरबासीको तिव्र विकासको चाहना, भावना, अनुरुप कार्य सम्पादन गर्दै आगामी ५ वर्षमा नगरले मेगा परियोजना संचालन गर्दै नगरको मुहार फेर्ने प्रतिवद्धता ब्यक्त गर्नु भयो । अर्यालले नगरपालिकालाई स्वायत्त बनाउदै स्थानिय तहलाई जनताको घर आगनको भरोसाको केन्द्र बनाउने दावी गर्नु भयो । अर्यालले सबै जात जाती वर्ग समुदायको संरक्षण गर्ने दायित्व नगरपालिकाको भएको चर्चा संस्कृतिको संरक्षण, प्रवर्धनमा जोड दिने प्रतिवद्धता ब्यक्त गर्नु भयो । अर्यालले नगरबासीको सुन्दर भविश्यका लागि एमालेका सूर्य ध्वजावाहक उम्मेद्वारर्लाई विजयी बनाउन आग्रह गर्नु भयो ।
मेयरका प्रत्यासी अर्यालले बाणगंगा नगरपालिकाको वडा नं. १० का बस्तीहरुको घरदैलौ अभियानका क्रममा स्थानियबासीका जिज्ञासालाई सम्बोधन गर्दै यस्तो धारणा राख्नु भएको हो ।
त्यस्तै उपमेयरकी प्रत्यासी रिता थारुले रोजगारी वृद्धिका लागि जल, जंगल र जमिनमा आधारित उद्योग स्थापनामा प्रोत्साहन गर्दै अनुदानको ब्यवस्था गर्ने, सिचाईको उचित प्रबन्ध गर्ने, कृषकलाई प्रोत्सान गर्ने, शिक्षाको गुणस्तर सुधार गर्ने, वार्डका अधुरा भौतिक पूर्वाधारका कार्यलाई तिव्रता दिने प्रतिवद्धता ब्यक्त गर्नु भयो । उपमेयरकी प्रत्यासी रिता थारुले महिला स्वस्थ्य स्वयमसेविकालाई उनीहरुको कार्य सम्पादनको आधारमा प्रोत्साहन गर्ने र महिला तथा बालबालिकालाई निशुल्क ओपिडी ब्यवस्था गर्ने बताउनु भयो ।
घरदैलो अभियानका क्रममा एमालेकोे तर्फबाट बाणगंगा न.पा. वडा नं. १० का अध्यक्षका प्रत्यासी यम प्रसाद पोख्रेलले वडा भित्र मावि विद्यालय समेत नरहेको अवस्था रहेको चर्चा गर्दै आफुले पहिलो वर्षमै मावि तहको विद्यालय संचालनमा लागि प्रयत्न गर्ने, वडा भित्रका सडक निर्माण, सिचाई ब्यवस्थापन, खानेपानि समस्या भौतिक पूर्वाधारमा आफुले उचित ध्यान पु¥याउने प्रतिवद्धता ब्यक्त गर्नु भयो । वडा अध्यक्षका प्रत्यासी पोख्रेलले सडकका दुवै साइडमा सडक वत्ति जडान गर्ने, वडा भित्रका सार्वजनिक जग्गाको संरक्षण गर्ने प्रतिवद्धता ब्यक्त गर्नु भयो ।
संयौको संख्यामा रहेको घरदैलो अभियानमा एमाले केन्द्रिय सदस्य, कपिलवस्तु इन्चार्ज एवम् संविधान सभा सदस्य बलराम अधिकारी, एमाले केन्द्रिय लेखा आयोगका उपाध्यक्ष एवम् प्रदेश सभा सदस्य विष्णु पंथी, एमाले जिल्ला अध्यक्ष डम्मर शर्मा वडा नं.१० का वडा सदस्य उम्मेद्वार रामशंकर थारु, रुपनारायण थारु, दानु घर्ती मगर, सर्मिला हरिजन, रामशंकर थारु, रुपनारायण थारु लगायतका नेता, कार्यकर्ता, शुभेच्छुक,मतदाताहरुको उत्साहजनक उपस्थिती रहेको एमाले वडा नं. १० को निर्वाचन परिचान कमिटीले जनाएको छ ।
२६ बैशाख २०७९, सोमबार
प्रतिक्रिया