प्रदेश

गठबन्धनले देशलाई दुर्घटनाबाट बचाएकै होः प्रचण्ड



कैलाली, २६ वैशाख । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले गठबन्धनले देशलाई दुर्घटनाबाट बचाएको दाबी गर्नुभएको छ । धनगढीमा आज सोमवार सत्ता गठबन्धनले आयोजना गरेको आमसभालाई सम्बोधन गर्दै उहाँले यस्तो दाबी गर्नुभएको हो ।

‘कोही कसैले भ्रममा नपरे हुन्छ, गठबन्धनले देशलाई दुर्घटनाबाट बचाएकै हो’, प्रचण्डले भन्नुभयो, ‘गठबन्धनले भोलिका दिनमा पनि देशमा हुन सक्ने राजनीतिक दुर्घटनाबाट बचाउने प्रतिबद्धता गरेको छ।’

गठबन्धनलाई सिध्याउनका लागि सुरुदेखि नै एकथरी तत्त्व लागेको प्रचण्डको आरोप छ । ‘अहिले पनि ती तत्त्वहरू कुनै न कुनै रूपमा लागेका छन्’, उहाँले भन्नुभयो, ‘शेरबहादुर देउवा, मेरो र माधव नेपालको बीचमा असमझदारी बनाउनका लागि निकै ठूलो कसरत भइरहेको छ ।’ दृढताको साथ गठबन्धनको पक्षमा लागेको भन्दै प्रचण्डले कांग्रेस सभापति देउवालाई धन्यवाद दिनुभयो ।

प्रकाशित : २६ बैशाख २०७९, सोमबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६