प्रदेश

वडा अध्यक्षका उम्मेद्वार पौडेल भन्छन जितेपनि हारेपनि वडावासिकै सेवामा हुनेछु




कपिलवस्तु, २६ वैशाख ।
बाणगंगा नगरपालिका वडा न. ८का वडा अध्यक्ष पदका उम्मेद्वार हुमनाथ पौडेलले जित भएत स्वभाविक भयो हारेपनि वडावासिकै सेवामा रहने बताउनु भएको छ । उहाँले अन्य उम्मेद्वारले वडामा जिते मात्र विकास गर्ने बताएका बेला आफुले यस्तो उद्घोष गर्नु भएको हो । बाणगंगा वडा न. ८ मा पौडेल पक्षमा मतदाता भएकाले पनि जित्ने आंकलन गरेको वडा समितिले जनाएको छ । वडा न.८ का जनता सक्षम र सचेत भएकाले पनि पाको र व्यवाहारिक उम्मेद्वार जनताले चिनि सकेको अध्यक्ष पौडेले बताउनु भयो । पौडेलले वडाको शैक्षिक विकास र वडावासिका सना, ठुला समस्या समाधान गर्ने प्रतिबद्धता राख्नु भयो । उहाँले कुनै प्रलोभनमा नपरि सच्चार र्कमठ चार दलिय गठबन्धनका उम्मेद्वारहरुलाई विजयी गराउन अभिभावक समंक्ष आग्रह गर्नु भयो । अभिभावक भेटघाटमा महिला सदस्यमा सिर्जना गैरे, दलित महिला सदस्यमा अनुराधा परियार र खुल्ला सदस्यहरुमा कमल वेल्वासे र शिव खासु मगर गरि ५ जनाको सक्रिय टिमले वडाका मतदातासंग भेटघाट गरि घरदैलो कार्यक्रम गरेका छन् ।

प्रकाशित : २६ बैशाख २०७९, सोमबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६