प्रदेश

मतदाताको मन जित्दै वडा अध्यक्षका प्रत्यासी पोख्रेल



कपिलवस्तु, २७ वैशाख! कपिलवस्तुको बाणगंगा नगरपालिका वडा नम्बर ५ का स्थानीय मतदाताहरु यतिबेला निकै उत्साहित भएका छन् । स्थानीय तहको निर्वाचनमा परिपक्व, अनुभवी एवं शालिन व्यक्तित्व युवराज पोख्रेललाई वडाध्यक्षको प्रत्यासीको रुपमा पाएर मतदाताहरु उत्साहित बनेका हुन ।नेकपा (एमाले) बाणगंगा नगर कमिटी अध्यक्ष समेत रहेका पोख्रेल नगरभित्रका विभिन्न शैक्षिक, वित्तिय तथा सामाजिक संघसंस्थामा सफल नेतृत्व गर्दै लोकप्रियता हासिल गर्नुभएका पोख्रेल यस क्षेत्रका स्थापित नेता हुनुहुन्छ । पोख्रेल करिव चार दशकदेखि राजनीति एवं समाजसेवामा सक्रिय हुनुहुन्छ ।
भद्र स्वभाव, निर्भिक एवं बचनका पक्का पोख्रेललाई स्थानीय मतदाताहरुले निकै रुचाएका छन् । पोख्रेल यस क्षेत्रका थारु समुदायले समेत अत्याधिक रुचाइएका पात्र हुनुहुन्छ । थारु समुदायका बीच पोख्रेल लोकप्रिय रहेको एमालेका जिल्ला उपाध्यक्ष विश्राम थारुको भनाइ छ ।
पार्टीको नगर कमिटीकै अध्यक्ष वडा अध्यक्षको उम्मेदवार बनेर वडामा आएपछि वडाको विकास निर्माणले उचित महत्व पाउने भन्दै स्थानीय बढी हर्षित देखिएका छन् ।वडाध्यक्षका प्रत्यासी युवराज पोख्रेल तथा सदस्यका प्रत्यासीहरु रेखा ढकाल, हुमा नेपाली, कृष्णबहादुर थारु र विजय प्रकास गुप्ता सहितको टोलीले यतिवेला वडाका विभिन्न टोलहरुमा मतदाता भेटघाट कार्यक्रमलाई तीब्रता दिएकोे छ ।घरदैलोमा घेटघाट गर्न आएको पोख्रेलको टोलीलाई स्थानीय मतदाताहरुले स्वागत एवं अभिनन्दन गर्दै जितको लागि शुभकामना दिएका छन् ।
मतदाता भेटघाटको क्रममा अध्यक्षका प्रत्यासी पोख्रेलले ‘समृद्ध वडा, सुखी वडावासी’को सङ्कल्प सहित अघिबढेको बताउदै आफु निर्वाचित भएमा वडालाई नमूना बनाउने विस्वास दिलाउनु भएका छ ।
पोख्रेलले मतदाता समक्ष वडाको मुख्य सडकको रुपमा रहेको बुङ्ची–जहदी सडकको स्तरोन्नती गरी २ लेनको बनाउने, वडामा रहेका अन्य सडक, पुल पुलेसा निर्माण गर्ने, खानेपानीको उचित प्रवन्ध गर्ने, वडा भित्र रहेका तालतलैयाहरुलाई व्यवस्थित एवं सौन्दर्यकरण गर्ने, वडा भित्रै गुणस्तरिय उच्च शिक्षाको एवं प्राविधिक शिक्षाको प्रवन्ध गर्ने, कृषिलाई आधुनिकीकरण एवं यान्त्रीकरण गर्दै कृषकलाई कृषि व्यवसाय तर्फ अग्रसर गराउने, सिंचाई तथा मलबीउको उचित प्रवन्ध गर्ने जस्ता प्रतिवद्धता जाहेर गर्नुभएको छ ।

पोख्रेलले मतदाता समक्ष भन्नुभयो, ‘मलाइ कुनै व्यक्तिगत स्वार्थ पुरा गर्नु छैन । मैले पार्टी कार्यकर्ता र आम वडाबासीकोे माग बमोजिम नै उमेद्वरी दिने मनसाय राखेको हो । मलाइ जनताले नै चाहेकाले जनताकै भावन अनुसार काम गर्ने छु । अहिले चिल्ला कुरा गरेर मैले जनताको दिमागमा झुटको खेती गर्दैन, मैले आफ्नै कार्यकालमा गरेको कामले जनताको मन जित्ने छु भन्नेमा म ढुक्क छु ।’

प्रकाशित : २७ बैशाख २०७९, मंगलबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६