प्रदेश

सुख्खा बन्दरगाहा निर्माणमा जोड दिन्छौंः मेयरका प्रत्यासी कुनाल प्रताप शाह




कपिलवस्तु, वैशाख २७
नेकपा (एमाले) को तर्फबाट कृष्णनगर नगरपालिकाका मेयरका प्रत्यासी कुनाल प्रताप शाहले ऐतिहासिक कृष्णनगरबासीको आवश्यकता र नगरको समग्र विकासका निम्ति निकै महत्व राख्ने सुख्खा बन्दरगाहा निर्माण गर्ने कार्यमा आफ्नो जोड रहने बताउनु भयो । मेयरका प्रत्यासी कुनाल प्रताप शाहले कृष्णनगर बजार क्षेत्रको सडक निर्माण एवम् भौतिक पूर्वाधारको विकासमा आफुले अहोरात्र खटने प्रतिवद्धता ब्यक्त गर्नु भयो । मेयरका प्रत्यासी शाहले सिचाईको ब्यवस्थापन गर्दै कृषि जन्य वस्तुको उत्पादकत्व वृद्धिमा जोड दिने बताउनु भयो । शाहले कृष्णनगरपालिकालाई पर्यटनको संभावना संगजोडदडै लैजानुपर्नेमा जोड दिनु भयो । उहाँले स्नाकोत्तर सम्मको अध्ययनका लागि शैक्षिक सस्थाको स्थापना, बेटी पढाउ, बेटी बचाउ अभियान संचालन, हरेक छोरीलाई १५ हजार रकम मुद्धती खाता संचालन गर्ने जस्ता महत्वकाक्षिं योजनाहरु आफ्नो प्रतिवद्धतामा राख्नु भएको छ । शाहले सबै जात, जाति वर्ग समुदाय बीच भाइचा एकता, सदभाव कायम राख्ने विषयलाई आफुले निकै महत्व दिने बताउनु भयो ।
मेयरका प्रत्यासी शाहले समृद्ध नगर, सुखी नगरवासी बनाउने संकल्प पुरा गर्ने विषयमा आफुले कुनै कसर बाकी नराख्ने बताउनु भयो । मेयरका प्रत्यासी शाहले स्थानिय राजनैतिक दल , उद्योगी, ब्यापारी, एवम् नगरबासीको सक्रियतामा कृष्णनगर बासीको समृद्ध नगर, सुखी नगरवासीको संकल्प पुरा गर्ने प्रतिवद्धता ब्यक्त गर्नु भयो । मेयरका प्रत्यासी शाहले ऐतिहासिक नगर कृष्णनगर निकै पछी परेको चर्चा गर्दै तिव्र विकासबाट मात्र कृष्णनगरबासीको चाहना पुरा हुने दावी गर्नु भयो । शाहले े नगरबासीको सुन्दर भविश्यका लागि एमालेका सूर्य ध्वजावाहक उम्मेद्वारर्लाई विजयी बनाउन आग्रह गर्नु भयो । मेयरका प्रत्यासी शाहले कृष्णनगरबासीको जिज्ञासालाई सम्बोधन गर्दै यस्तो धारणा सार्वजनिक गर्नु भएको हो ।
त्यस्तै उपमेयर श्रीमती विम्लेश मौयाले कृष्णनगरमा रहेको अस्पतालको प्रभावकारी ब्यवस्थापन गर्दै २४ घण्टे एमरजेन्सी सेवा संचालन गर्ने , एम्बुलेन्स सेवा संचालन गर्ने, महिला, विपन्न, वृद्धहरुलाई निशुल्क एम्बुलेन्स सेवा संचालन गर्ने बताउनु भयो ।
उपमेयरकी प्रत्यासी श्रीमती विम्लेश मौर्याले रोजगारी वृद्धिका लागि स्थानिय सडक, भौतिक पूर्वाधारको विकास गर्दै ठूला ठूला उद्योगको स्थापनाका लागि वातावरण वनाउनुपर्नेमा जोड दिनु भयो । उपमेयर श्रीमती विम्लेश मौयाले सिचाईको उचित ब्यवस्थापन गरी कृषकलाई प्रोत्साहन गर्ने , कृषि उद्योग स्थापनामा प्रोत्साहन गर्दै अनुदानको ब्यवस्था गर्ने, कृषकलाई प्रोत्सान गर्ने, शिक्षाको गुणस्तर सुधार गर्ने, वार्डका अधुरा भौतिक पूर्वाधारका कार्यलाई तिव्रता दिने प्रतिवद्धता ब्यक्त गर्नु भयो ।

प्रकाशित : २७ बैशाख २०७९, मंगलबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६