ब्रेकिंग न्युज

वडाध्यक्ष भुसालका ५ बर्षे कार्यकालमा भएका उत्कृष्ट कार्यहरु



कपिलवस्तु ।११ वटा वडा रहेको कपिलवस्तुको बाणगंगा नगरपालिकाका एक जनप्रतिनिधि गुणानिधि भुसाल । बाणगंगाको वडा नम्बर ८ मा २०७४ सालको स्थानीय तहको निर्वाचनमा वडाध्यक्षको रुपमा निर्वाचित भइसके पछि उहाँले गरेको विकास निर्माणका काम र प्रगतिले सबैलाई लोभ्याउँछ । शिक्षा, स्वास्थ्य, खेलकुद, सडक, पूर्वाधार, खानेपानी, कृषि, सीपमुलक तालिम, ऐतिहासिक तथा पर्यटकीय क्षेत्रको संरक्षण तथा प्रवद्र्धन आदि क्षेत्रमा उहाँले उल्लेख्य गरेका छन् ।अक्सर धेरै जनप्रतिनिधि स–साना काम र तालिम, सेमिनार र कार्यक्रममा केन्द्रित हुँदा भुुसालले भने लक्षित बर्गका कार्यक्रमसंगै अन्य धेरै गौरवपूर्ण काम गर्नुभएको छ । उहाँकै पहलमा वडाले संघ र प्रदेशका करोडौँका आयोजनाहरु पनि पाएको छ ।

स्थानीय सरकार आएपछि वडामा भएको प्रगति देखेर वडाबासी दंग छन् । नेकपा एमालेबाट स्थानीय सरकारको प्रतिनिध बन्नुभएका भुसाल शालिन, धेरै नबोल्ने, भद्र स्वभावका हुनुहुन्छ । उहाँ न विवादमा आउने गर्नुहुन्छ न अनावश्यक प्रचारमा रमाउँनुहुन्छ । खुरखुरु जनताको सेवामा तल्लिन वडाध्यक्ष भुसालको पहलमा वडामा र्निविरोध रुपमा भएका कामहरुको बिषयमा कहिले न त विवाद भयो न त अधुरै रह्यो !
१) ४० बर्ष जनतालाई चुतिया बनाईयो तर कोइली पुल हाम्रै पालामा सम्पन्न भयो
२) मोर्मीमा पक्की बाटो कतै थियन बाटोमा हिलो धुलो मात्रै थियो तर हाम्रै पालामा मुल सडक अवरोधका बाबजुद करिब सम्पन भयो
३) किसानको समस्यालाई मुल मन्त्र बनाइयो सयौ मिटर कुलो बाध साचा पक्की गराइयो
४) शिक्षा क्षेत्रमा आमूल परिवर्तन भयको छ सबै बिधालय पक्की भवन निर्माण भय गुणस्तर वृद्धि भयो । बन्दै हुन लागेका बिधालयलाई जुरुक्क उठाईयो
५) वडा प्रदेश र संघ विशेष पहलमा बाणगङ्गा माबी क्याम्पस नमुना बनेका छन तर जस लिन अरु नै अघि सरेका छन पाकेको फल देखि पछि लाग्नु स्वाभाबिक हो
६) बोडगाउ बन्डौली मोर्मी जिनुवा सडक प्रदेश स्तरको सडकको रुपमा स्तरोन्नति भयको छ तर परमादेशी सरकारले यो बर्षको बजेट काट्यो केही अगुवाले अवरोध गरे तर हामी अगाडि बढी रहेका छौ ।
७) बाणगङ्गा पुल्चोक देखि धाम सम्मको १६ मिटर नमुना बाटो ट्र्याक खोलियको छ । शान्ती बगैँचा बोटानिकल गार्डेन , गौशाला ब्यावस्थापन जस्ता दीर्घकालीन योजना सुरु गरियको छ ।
८) प्रदेसमै प्रभाव पार्ने नगरका प्रमुख आयोजनाको रुओअमा मधुबन धाम मायादेबी रंगशाला बाणगङ्गा आयुर्वेद केन्द्र धनेशपुर बैकठपुर पार्कको गुरुयोजना तयार भयका छन । अबको नेतृत्वले योजना सोच्नु पर्दैन कार्यान्वयन गरे हुन्छ ।
९) यश वडामा संचालन भयका आयुर्वेद केन्द्र र स्वास्थ चौकी अध्यान तथा सिकाईअ केन्द्रका रुपमा स्थापित भयका छन
१०) वडा न ८ को कार्यक्रम भौतिक रुपमा सुन्दर र ब्यावस्थित मात्र छैन नगरकै नमुना कार्यक्रमको रुपमा सुसन्चालन गरियको छ ।
११) यस अवधिमा ९ किलोमीटर बाटो पक्की गरियो १५ किलोमीटर बाटो ग्राभेल गरियो । १८ किलोमीटर बाटो स्तरोन्नति गरियो । ५ वटा सामुदायिक भवन निर्माण तथा मर्मत गरियो । १५००० मि बढी कुलो नाला निर्माण सप्पन्न गरियो । कल्भर्ट नाला घोला पुल पुलेसा सम्पन्न गरियो ।
१२ ) सामाजिक मेलमिलाप तथा सुसासनमा अब्बल रहेको छ ।

प्रकाशित : २७ बैशाख २०७९, मंगलबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६