कपिलवस्तु, २७ वैशाख । कपिलवस्तुको बाणगंगा नगरपालिका वडा नम्बर ७ मा स्वतन्त्र समुहका वडा अध्यक्षका उम्मेद्धार नेत्र गिरीको पक्षमा मंगलबार ठूलो संख्यामा जनलहर सडकमा उत्रिएका छन् । मंगलबार बिहान वडाका विभिन्न टोलमा उम्मेद्धारहरुले निकालेको जनभेटघाट र ¥यालीका क्रममा नागरिकहरु स्वतन्त्र उम्मेद्धारको पक्षमा आफै सहभागि हुन पुगेका हुन ।
नेकपा एमालेबाट बिद्रोह गरी वडा अध्यक्षमा स्वतन्त्र उम्मेद्धारी दिएका गिरीले छाता चुनाव चिन्हबाट आफ्नो सिँगो प्यानल खडा गरेका छन् । उनले जनताको घर घरमा भेटघाटका कार्यक्रमलाई निरन्तरता दिइरहेका बेला वडाका नागरिकहरु समेत उनको पक्षमा खुलेर प्रचार प्रसारमा लागेका छन् । म शासक होइन सेवक हुँ, म भ्रष्टाचार गर्दिन र गर्न पनि दिन्न भन्ने नाराका साथ जनतासमक्ष गएका नेत्र गिरी २०४९ सालमा समेत निर्वाचित प्रतिनिधि हुन ।
आज चुनाव प्रचार प्रसारको अन्तिम दिन भएका कारण पनि राजनितिक दलहरुले अन्तिम प्रचारलाई जोड दिएका छन् । सोही अनुसार वडा नम्बर ७ मा नेत्र गिरीको पक्षमा आज (मंगलबार) करिब एक हजार बढी नागरिकहरु उनको समर्थनमा सडकमा उत्रिएको चुनाव प्रचार प्रसार समितिले जनाएको छ ।
२७ बैशाख २०७९, मंगलबार
प्रतिक्रिया