प्रदेश

वाणगंगा ३ मा गठबन्धनका उम्मेद्धारको शक्ति प्रर्दशन




कपिलवस्तु, २७ वैशाख । कपिलवस्तुको वाणगंगा नगरपालिका वडा नं. ३ मा चार दलीय गठबन्धनले शक्ति प्रर्दशन गरेको छ । नेकपा (माओवादी केन्द्र) को बलियो पकड रहेको वडा नं. ३ मा गठबन्धनले सोमबार वडा हुँदै छिमेकी वडासम्म शक्ति प्रर्दशन गरेको हो ।

गठबन्धनले नगर प्रमुखका उम्मेद्वार देवराज अर्याल, उपप्रमुखका उम्मेद्वार कमल भट्टराई, वडा नं. ३ का वडाध्यक्षका उम्मेद्वार टेक बहादुर झेडी मगरसहित एक दर्जन ठूला सवारी र एक सय बढी मोटरसाइकल प्रयोग गरि शक्ति प्रर्दशन गरेको थियो । राजापानीबाट सुरु भएको प्रर्दशन वडाका विभिन्न गाउँ परिक्रमासंगै वडा नं. ५, वडा नं.६ हुँदै पूर्व पश्चिम महेन्द्र राजमार्गबाट वडा नं. ४ को गजेहडासम्म आएको थियो ।

एमालेसंग चुनावी प्रतिस्पर्धा रहेको यो वडामा गठबन्धनले चुनाव जित्ने दाबी गर्दै आएको छ । गएको ०७४ सालको निर्वाचनमा ६५ मतले पराजित भएको माओवादी केन्द्रले यो निर्वाचनमा जित्ने दाबी गरेको हो ।

माओवादी नेता कृष्ण कुँवरले अहिलेको निर्वाचनमा वडा नं. ३ आफुहरुले जित्ने दाबी गरे । जनताको आकर्षण बढी रहेको भन्दै वडाको समग्र विकासका लागि आफुहरुको नेतृत्व अनिवार्य भएको कुँवरले बताए ।

गत निर्वाचनमा मत बदर हुँदा निर्वाचन हार्नु परेको भन्दै अहिले त्यसको प्रतिफल निकाल्ने योजनामा माओवादी र गठबन्धन लागिपरेको उनले जनाए ।

प्रकाशित : २७ बैशाख २०७९, मंगलबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६