प्रदेश

आम मतदाताका वलिया उम्मेद्वार हुमनाथ पौडेल




कपिलवस्तु, २७ वैशाख ।
कपिलवस्तुको वाणगंगा नगरपालिका वडा नं. ८ का वडाध्यक्षका उम्मेद्वार हुमनाथ पौडेल भोट माग्न घरदैलोमा व्यस्त छन् ।आउँदो बैशाख ३० गतेका लागि वाणगंगा नगरपालिकाको चार दलीय गठबन्धनका साझा उम्मेद्वार रहेका पौडेल नेकपा माओवादी केन्द्रबाट वडाध्यक्षमा लडेका छन् । वडाका स्थापित नेता पौडेल आसन्न बैशाख ३० गतेको निर्वाचनमा वडा नं. ८ का बलिया उम्मेद्वार भएको मदाताले बताएका छन् ।

जनताको सेवामा जीवन समर्पित गरेका पौडेलले घरदैलोमा पुग्दा जन समर्थन अपार पाएका छन् । सबैजसो घरमा मत माग्न पुगेका पौडेलले पार्टी जुनसुकै भएपनि एक पटक आफुलाई जिताएर हेर्न आग्रह गरेका छन् । वडाको मुहार फेर्नका लागि आफुले वडाध्यक्षमा उम्मेद्वारी दिएको बताउने पौडेललाई मतदाताले यो पालि जिताएरै छाड्ने प्रतिवद्धता जनाएका छन् । अरु पार्टीबाट उठेका उम्मेद्वार भन्दा पौडेल वडाका बलिया उम्मेद्वार हुन् ।

नेकपा (एकीकृत समाजवादी), राष्ट्रिय जनमोर्चा र जसपा नेपालका साझा उम्मेद्वार पौडेल पार्टीका हिसाबले कांग्रेस, एमाले भन्दा अलि कमजोर हुन् । यद्यपि आम मतदाताले उनलाई बलियो उम्मेद्वारका रुपमा हेरेका छन् । बोडगाउँ निवासी पौडेल विकासप्रेमी नेताका रुपमा चिनिन्छन् ।

एमाले भित्र टिकट वितरणमा देखिएको विवादले पौडेललाई फाइदा पुग्ने धेरैको अनुमान छ । राप्रपाका उम्मेद्वार पनि बलिया रहेकाले एमाले र कांग्रेसका मत काटिनेमा गठबन्धन विश्वस्त छ । कांग्रेसको पार्टी संगठन एमालेभन्दा कमजोर रहकाले वडा नं. ८ मा एमालेसंगै गठबन्धनको प्रतिस्पर्धा छ ।

एकीकृत समाजवादीको वाणगंगा भित्र राम्रो सहभागीता रहेको वडा मध्ये यो पनि एक हो । जसपाको पनि यहाँ राम्रो जनमत छ भने राष्ट्रिय जनमोर्चाको विगत देखि नै यहाँ राम्रो उपस्थिति छ । वडाध्यक्षका उम्मेद्वार पौडेलले निर्वाचनमा जित हार स्वभाविक भएको बताउँछन् । उनले जिते राम्रो हुने र हारेपनि वडावासीकै सेवामा रहने बताए । वडा नं. ८ का जनता सक्षम र सचेत भएकाले पनि पाको र व्यवहारिक उम्मेद्वार जनताले चिनेको पौडेलले जनाए ।

पौडेलले वडाको शैक्षिक विकास र वडावासीका सना, ठुला समस्या समाधान गर्ने प्रतिबद्धता जनाए । उनले कुनै प्रलोभनमा नपरि सच्चा र कर्मठ चार दलीय गठबन्धनका उम्मेद्वारहरुलाई विजयी गराउन अभिभावक समक्ष आग्रह गरे । पौडेलसंगै वडामा महिला सदस्यमा सिर्जना गैरे, दलित महिला सदस्यमा अनुराधा परियार र खुल्ला सदस्यहरुमा कमल वेल्वासे र शिव खासु मगर उम्मेद्वार रहेका छन् ।

प्रकाशित : २७ बैशाख २०७९, मंगलबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६