कपिलवस्तु २७ र्बैशाख
वैशाख ३० गते हुने स्थानीयतहको निर्वाचनलाई मध्यनजर गरी मदिरा बिक्रीवितरण र सेवनमा निषेध गरिएको छ । निर्वाचनलाई स्वच्छ, स्वतन्त्र, निश्पक्ष, सुरक्षित र भयरहित वातावरणमा सम्पन्न गराउन मदिरा बिक्री वितरण र सेवनमा निषेध गरिएको हो । प्रजिअ धर्मेन्द्र कुमार मिश्रले बैशाख २५ गते सुचना जारी गर्दै बैशाख २७ गते मध्यरात देखि निर्वाचनको परिणाम नआउदा सम्मकालागि जिल्लामा मदिरा बिक्री बितरण निषेध गरिएको बताए । स्थानीय तहको निर्वाचनको सन्दर्भमा निर्वाचन सुरक्षा व्यवस्थापन निर्देशिका,२०७८ को दफा ७१ मा भएको व्यवस्था बमोजिम मादक पदार्थ निषेध गरिएको हो । मंगलबार राति १२ बजे देखि मतदान कार्य सम्पन्न नभएसम्म मादकपदार्थ बिक्री वितरण र सेवनमा प्रतिबन्ध लगाईएको हो । सो अवधिमा मादक पदार्थ बिक्री बितरण र सेवन नगर्न भनिएको छ । । यस अवधिमा कोही कसैले मादकपदार्थ बिक्री वितरण र सेवन गरेको पाईएमा कानून बमोजिम कारवाही हुने प्रजिअ मिश्राले बताए ।
सीमा नाका बन्द हुने
बैशाख ३० गते स्थानीय तहको निर्वाचनलाई मध्यनजगर गर्दै मंगलवार मध्यरातबाट सिमा नाका बन्द हुने भएको छ । प्रजिअ धर्मेन्द्र कुमार मिश्रले सुचना जारु गिर्दै निर्वाचनलाइृ स्वचछ, निष्पक्ष र भयरहीत वातावरणमा संपन्न गर्न मंगलवार मध्यरात देखि निर्वाचन कार्य संपन्न नभए सम्मकालागि सिमा नाका बन्द गरिएको जनाएका छन । जिल्ला सुरक्षा समतिको निर्णय अनुसार भारतसंग सिमा जोडिएका नाकाहरु मा बैशाख २७ गते मध्यरतबाट तथा बैशाख ३० गतेका दिन आन्तरिकरुपमा चल्ने सबै यातायातका सवारी साधनहरु बन्द रहने जनाइएको छ । निर्वाचनकालागि पास लिएको बाहेक अरुले सवारी साधन चलाउन नपाउने प्रजिअ मिश्रले बताए ।
प्रतिक्रिया