ब्रेकिंग न्युज

वडा अध्यक्षका प्रत्यासी पोख्रेल,भन्छन्, शिक्षा क्षेत्रमा आमुल परिवर्तन ल्याउछु”



कपिलवस्तु, २७ वैशाख ।कपिलवस्तुको बाणगंगा नगरपालिका वडा नं. १० का वडाध्यक्ष पदका उम्मेद्वार यम प्रसाद पोख्रेलले शिक्षा क्षेत्रमा आमुल परिवर्तन आवश्यक आफुले उम्मेद्वारी दिएको बताउनुभएको छ घरदैलो अभियानका क्रममा एमालेकोे तर्फबाट बाणगंगा न.पा. वडा नं. १० का अध्यक्षका प्रत्यासी यम प्रसाद पोख्रेलले वडा भित्र मावि विद्यालय समेत नरहेको अवस्था रहेको चर्चा गर्दै आफुले पहिलो वर्षमै मावि तहको विद्यालय संचालनमा लागि प्रयत्न गर्ने, वडा भित्रका सडक निर्माण, सिचाई ब्यवस्थापन, खानेपानि समस्या भौतिक पूर्वाधारमा आफुले उचित ध्यान पु¥याउने प्रतिवद्धता ब्यक्त गर्नु भयो । वडा अध्यक्षका प्रत्यासी पोख्रेलले सडकका दुवै साइडमा सडक वत्ति जडान गर्ने, वडा भित्रका सार्वजनिक जग्गाको संरक्षण गर्ने प्रतिवद्धता ब्यक्त गर्नु भयो ।उहाँले मतदाताहरुसंग भोटकोे सदैव कदर गर्ने प्रतिवद्धता व्यक्त गर्नुभयो ।सोहि क्रममा नेपाली कांग्रेस र माओवादी केन्द्र परित्याग गरि जुबर्दा मुसलवानको टिम लगायत दर्जनौ एमालेमा प्रवेश गरेका छन् । सो क्रममा १५ सय बढी नेता तथा कार्यकर्ताहरुको उत्साहजनक उपस्थितीमा विशाल र्‍याली गरिएको थियो । जस्ले गर्दा वडामा एमाले बलियो बनेको छ । कोरिया चोक बाट सुरु भएको र्याली पटनाको सम्पुर्ण गाउँ गल्ली परिक्रमा गरि कोरिया चोकमा पुगि कोण सभामा परिणत भएको थियो

बाणगंगाका मेयरका प्रत्यासी चक्रपाणी अर्यालले बाणगंगाको पटना एवम् सिंगो वडा नं. १० लाई विकासको मूल प्रवाहमा छिट्टै जोडने बताउनु भएको छ । मेयरका प्रत्यासी अर्यालले पटनालाई विकासको मूल प्रवाहमा जोडर्दै समृद्ध नगर निर्माण गर्ने दायित्व आफुहरुले पुरा गर्ने दावी गर्नु भयो । अर्यालले नगरको विकासका निम्ति उत्पादकत्व वृद्धिमा जोड दिदै नगर भित्र र अझ बढी पटनामा देखा परेको सुकुम्बासी समस्यालाई यथाशिर्घ समाधान गर्ने काम आफ्नो मुख्य प्राथमिकतामा रहेको दावी गर्नु भयो । अर्यालले सडक कालोपत्रे, पुल, पुलेसा, सिचाई, शिक्षा जस्ता समस्या पटनाम अहिले पनि ज्वलन्त रहेको चर्चा गर्दै समृद्ध नगर, सुखी नगरवासी बनाउने संकल्प पुरा गर्ने कार्यमा आफु अवरात्र जनताको साथमा रहने बताउनु भयो ।संयौको संख्यामा रहेको घरदैलो अभियानमा एमाले केन्द्रिय सदस्य, कपिलवस्तु इन्चार्ज एवम् संविधान सभा सदस्य बलराम अधिकारी, एमाले केन्द्रिय लेखा आयोगका उपाध्यक्ष एवम् प्रदेश सभा सदस्य विष्णु पंथी, एमाले जिल्ला अध्यक्ष डम्मर शर्मा वडा नं.१० का वडा सदस्य उम्मेद्वार रामशंकर थारु, रुपनारायण थारु, दानु घर्ती मगर, सर्मिला हरिजन, रामशंकर थारु, रुपनारायण थारु लगायतका नेता, कार्यकर्ता, शुभेच्छुक,मतदाताहरुको उत्साहजनक उपस्थिती रहेको एमाले वडा नं. १० को निर्वाचन परिचान कमिटीले जनाएको छ ।

प्रकाशित : २७ बैशाख २०७९, मंगलबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६