कपिलवस्तु, बैशाख २७
कपिलवस्तुको बाणगंगा नगरपालिका वडा नं. ३ मा एमालेका उम्मेद्वार प्रति मतदाता आकर्षित भएका छन् । आसन्न स्थानीय तहको निर्वाचन नजिकिएसंगै वडाध्यक्ष पदका उम्मेद्वार मतदाता भेटघाटमा ब्यस्त हुनुहुन्छ । वडाध्यक्ष पदका उम्मेद्वार सन्तराम रौतार सहित संगै महिला सदस्यमा चन्द्रवाती थारु, दलित महिला सदस्यमा गंगा विक, खुल्ला सदस्यमा बाबुराम आचार्य सोमनाथ राना चुनावी मैदानमा उत्रीनुभएको पार्टीका वडा ईन्चार्ज कुल बहादुर सोमैले बताउनुभएको छ ।दिनानुदिन एमालेका उम्मेद्वार प्रति नागरिकको आकर्षण बढ्दै गएको र भोट हाल्नका लागि वडावासी उत्साहित देखिएका छन् । विगतका बर्ष एमालेका जनप्रतिनिधिहरुले वडामा उत्कृष्ट काम गरेकाले अहिले पनि स्थानीय तहको निर्वाचनमा एमालेकै जनप्रतिनिधिहरुलाई जिताउन आवश्यक रहेको मतदाताहरुले बताएका छन् ।
वडाध्यक्ष पदका उम्मेद्वार रौतारले आफ्नो प्यानललाईनै जिताउन आग्रह गर्दै वडाको समग्र शिक्षा, स्वास्थ्य, कृषि, रोजगार, भौतिक विकास निर्माण, खानेपानी, विद्युत लगायतका विकासका पुर्वाधारलाई विशेष प्राथमितका साथ अगाडि बढाउने बताउनुभयो । वडा भित्रका अपांगता भएका व्यक्ति, विपन्न, गरिव, ज्येष्ठ नागरिक, महिला सबै नागरिकलाई समावेश गर्दै अगाडि बढ्ने बताउनुभयो ।एमालेका सम्पुणर् उम्मेद्वारहरुलाई जिताउनका लागि पार्टी वडा कमिटि, नेता कार्यकर्ताहरु सबैको सहयोग गरेको वडा कमिटि ईन्चार्ज कुल बहादुर सोमैले बताउनुभयो ।
प्रतिक्रिया