प्रदेश

कपिलवस्तुका सबै मतदानस्थलमा निर्वाचन सामग्रीसहित कर्माचारीहरु खटिए



कपिलवस्तु, २७ वैशाख ।
यही वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनका लागि मतपेटिका र मतपत्रलगायत आवश्यक सामग्रीसहित कपिलवस्तुमा कर्माचारीहरु मतदानस्थल प्रस्थान गरेका छन् । मतदान अधिकृत र सहायक मततदान अधिकृतसहितका कर्मचारी सामग्री बोकेर मतदानस्थल प्रस्थान गरेका हुन् । मंगलबार बिहानदेखि जिल्ला निर्वाचन कार्यालयले निर्वाचन सामग्री बुझेर उनीहरु कार्य क्षेत्रमा हिँडेका छन् ।

मुख्य निर्वाचन अधिकृतको कार्यालयबाट मतपत्र र निर्वाचन कार्यालयबाट निर्वाचनका लागि प्रयोग हुने ६० प्रकारका सामग्री, मतदाता नामावली, मतदाता परिचय पत्र र अनुसूची फारम बुझेर हिँडेका छन् । बिहानदेखि दिउसो सम्म निर्वाचन सामग्री बुझ्ने कर्मचारीको कार्यालयमा भीड लागेको थियो । जिल्लाका १० स्थानीय तहमा २३५ मतदान स्थलमा ४ सय ६८ मतदान केन्द्र छन् । कपिलवस्तुका १० स्थानीय तहका विभिन्न मतदान केन्द्रमा २ हजार ३ सय ३७ जना कर्मचारी खटाईएको छ ।

प्रकाशित : २७ बैशाख २०७९, मंगलबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६