कपिलवस्तु वैशाख २७, नेकपा माओवादी केन्द्र बुद्धभुमिले नेपाली काँग्रेस सँग एलाइन्स नभएको विज्ञप्ती मार्फत स्पस्ट पारेको छ । आज (मंगलवार नगर कमिटिले एक विज्ञप्ती जारी गर्दै नगर देखी वडा तह सम्म नेपाली काँग्रेस सँग कुनै एलाईन्स नभएको पुष्टी गरेको छ । नगर सचिव रावेन्द कुमार ठाकुरले नगरको वडा नम्बर १ बाहेक सबै वडामा उम्मेदवार उठाएको र नगरमा मेयर उपमेयर र उम्मेदवार भएका वडामा कुनै पनि दल सँग गठवन्धन र कार्यगत एकता नभएको बताएको छ । नेपाली काँग्रेसले गठवन्धन भएको भन्दै बुद्धभूमिको मेयर र उपमेयरमा मत माग्दै भ्रम फैलाउन लागे पछि नगर कमिटिले विज्ञप्ती प्रकाशन गरेको नगर अध्यक्षले बताए । विज्ञप्तीमा सबै कार्यकर्ता एक ढिक्का भएर मेयर कमला भुसाल, उपमेयर कैलास चौधरी र सबै वडाका उम्मेदवारलाई मतदान गर्न समेत आह्वान गरेको छ । अन्य दल सँग मिलेको खण्डमा, अन्य दललाई मत मागेको खण्डमा आर्थिक चलखेल गरी मत दिएको जानकारी आएमा २४ घण्टा भित्र साधारण सदस्य नरहने गरी ५ वर्षको लागि निलम्वन वा सदस्यता खारेज हुने विज्ञप्ती मार्फत सचेत गराएको छ ।
२७ बैशाख २०७९, मंगलबार
प्रतिक्रिया