ब्रेकिंग न्युज

वडा अध्यक्षका प्रत्यासी अर्याल,भन्छन्, सुकुम्बासी बस्तीलाई सुगम बस्ती बनाउछु”



पशुपति गिरी, कपिलवस्तु, बैशाख २७
कपिलवस्तुको बाणगंगा नगरपालिका वडा नं. ८ मा एमालेका उम्मेद्वार प्रति मतदाता आकर्षित भएका छन् । आसन्न स्थानीय तहको निर्वाचन नजिकिएसंगै वडाध्यक्ष पदका उम्मेद्वार मतदाता भेटघाटमा ब्यस्त हुनुहुन्छ । वडाध्यक्षका उम्मेद्वार बाबुराम अर्याल सहित महिला सदस्यमा जुना देवी थारु, दलित महिला सदस्यमा शारदा परियार र खुल्ला सदस्यहरुमा शैलेन्द्र बेल्बासे, विश्वास जिसी गरि ५ जनाको सक्रिय टिम चुनावी मैदानमा उत्रीनुभएको पार्टीका संयोजक टुकलाल गैरेले बताउनुभएको छ ।दिनानुदिन एमालेका उम्मेद्वार प्रति नागरिकको आकर्षण बढ्दै गएको र भोट हाल्नका लागि वडावासी उत्साहित देखिएका छन् । विगतका बर्ष एमालेका जनप्रतिनिधिहरुले वडामा उत्कृष्ट काम गरेकाले अहिले पनि स्थानीय तहको निर्वाचनमा एमालेकै जनप्रतिनिधिहरुलाई जिताउन आवश्यक रहेको मतदाताहरुले बताएका छन् । ।वडाध्यक्षका उम्मेद्वार अर्यालले आफु युवा भएकाले वैदेशिक रोजगारका लागि विदेश पलायन हुनबाट युवाहरुलाई गुरुयोजना सहित रोजगार तथा स्वरोजगार बनाउने, कृषिमा आधुनिकिकरण गरि व्यवसायीक कृषि तर्फ आकर्षित गर्ने बताउनुभयो ।उहाँले प्रतिवद्धता पत्रमा उल्लेख गरे अनुसार आर्थिक विकास, सामाजिक विकास, पुर्वाधार विकास, वन वातावरण तथा विपद व्यवस्थापन, सस्थांगत विकास तथा सुसाशन लगाएतका बिषयलाई पहिलो प्राथमिकता दिने प्रतिवद्धता व्यक्त गर्नुभयो ।सुकुम्बासी बस्तीलाई सुगम बस्ती बनाउने प्रतिवद्धता व्यक्त गर्नुभएको छ । आसन्न स्थानीय तहको निर्वाचनलाई केन्द्रित गर्दै मतदाता भेटघाट कार्यक्रममा स्थानीयका जिज्ञासालाई सम्बोधन गर्दै सुकुम्बासी बस्तीहरुका लागि पहिलो प्राथमिकता दिने लक्ष्य रहेको बताउनुभयो ।

वडाध्यक्ष पदका उम्मेद्वार अर्यालले आफ्नो प्यानललाई नै जिताउन आग्रह गर्दै वडाको समग्र शिक्षा, स्वास्थ्य, कृषि, रोजगार, भौतिक विकास निर्माण, खानेपानी, विद्युत लगायतका विकासका पुर्वाधारलाई विशेष प्राथमितका साथ अगाडि बढाउने बताउनुभयो । वडा भित्रका अपांगता भएका व्यक्ति, विपन्न, गरिव, ज्येष्ठ नागरिक, महिला सबै नागरिकलाई समावेश गर्दै अगाडि बढ्ने बताउनुभयो धेरै बर्ष देखि उपेक्षित सुकुम्वासी तथा अव्यवस्थित बसोवासीहरुले एमालेले लालपुर्जा प्रदान देखि विभिन्न विकास गर्ने भए पछि एमालेलाई नै भोट दिने प्रतिक्रिया दिएका छन् । उनीहरुले लालपुर्जा दिन्छु भन्ने धेरै पटक चुनावी नारा भए पनि पनि अहिले सम्म कसैले पुरा गर्न नसकेको बताए । अब कसैको लोभ, प्रलोभन, डरमा नपरी वडाध्यक्षमा बाबुराम अर्याललाई जिताएमा आफ्ना माग र आवश्यकता पुरा हुनेमा विश्वस्त रहेको उनीहरुले बताएका छन् ।बाणगंगा ८ मा एमालेका सम्पुर्ण उम्मेद्वारलाई अत्यधिक मतका साथ विजयी गराउन सम्पुर्ण नेता, कार्यकर्ता लागि परेको निर्वाचन परिचालन कमिटि वडा नं. ८ का संयोजक टुकलाल गैरेले बताउनुभएको छ ।

प्रकाशित : २७ बैशाख २०७९, मंगलबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६