कपिलवस्तु , कपिलवस्तुको बुद्धभूमि नगरपालिकामा भुमि सम्वन्धी समस्या भएका र सुकुम्वासीलाई वितरण गरिएको अस्थायी निस्सामा कर्मचारीको हस्ताक्षर नभएको गुनासो गरेका छन् । नगरपालिकाले निर्वाचनको आसपासमा भुमि आयोगलाई आवेदन गरेको आधारमा नापी गरेको भन्दै अस्थायी निस्सा वितरण गरिएको थियो । वितरण गरिएको निस्सामा कर्मचारीको हस्ताक्षर विना वितरण गरिएको थियो । अस्थायी निस्सा पाउँदा खुसी लागेको थियो तर कर्मचारीको हस्ताक्षर नै नभएको देखे पछि निरास भइयो । साइन नै नभएको कागज लाई असली मान्ने कि नक्कली । आफु अचम्म परेको छु । नगरपालिकाले कम्तीमा यस्तो अपुरो काम नगर्नु पर्ने नाम नखुलाउने सर्तमा एक सुकुम्वासीले बताए । स्थानीय निर्वाचनको मिति तोकिए पछी लालपुर्जा बाड्ने हल्ला फैलाउँदै हस्ताक्षर नगरी अस्थायी निस्सा वितरण गर्नु जनतालाई झुक्काएको बुद्धभूमि २ का भुमि सम्वन्धी समस्या भएका महेन्द्र क्षेत्रीले बताए । भूमि आयोगका फारम भरेको हुँदा उपयोग गरेको तथा जोतभोग गरेको जग्गाको नाप गरी कर्मचारीको हस्ताक्षर भएको निस्सा पाउनु पर्ने सुकुम्वासीहरुको माग रहेको छ ।
२७ बैशाख २०७९, मंगलबार
प्रतिक्रिया