ब्रेकिंग न्युज

समृद्ध नगर, सुखी बाणगंगा नगरवासीको संकल्प पुरा गछौं : मेयरका प्रत्यासी अर्याल



कपिलवस्तु, वैशाख २७
नेकपा (एमाले) को तर्फबाट बाणगंगा नगरपालिकाका मेयरका प्रत्यासी चक्रपाणी अर्यालले समृद्ध नगर, सुखी वाणगंगा नगरवासी बनाउने संकल्प पुरा गर्ने बताउनु भयो । मेयरका प्रत्यासी अर्यालले स्थानिय राजनैतिक दल, संघ, संस्था, उद्योगी, ब्यापारी, संचारकर्मी, बुद्धिजीवि, नागरिक समाजसंगको सहकार्यबाट बाणगंगा नगरबासीको समृद्ध नगर, सुखी वाणगंगा नगरवासीको संकल्प पुरा गर्ने प्रतिवद्धता ब्यक्त गर्नु भयो । मेयरका प्रत्यासी अर्यालले तिव्र विकासको जनचाहना , भावनाको, पक्षमा सबै पक्षसंग सहकार्य गरी अवरात्र खटने बताउनु भयो । मेयरका प्रत्यासी अर्यालले बाणगंगा नगरलाई सबै नगरबासीको पहिचान कायम गर्ने गरी कार्य संचालन गर्दै सक्षम स्थानिय सरकार मार्फत नगरलाई समृद्ध नगरको रुपमा विकास गर्ने प्रतिवद्धता ब्यक्त गर्नु भयो । अर्यालले संघ, प्रदेशसंगको सहकार्यमा नगरले, रोजगारी श्रृजना हुने मेगा परियोजना संचालन गर्दै नगरको मुहार फेर्ने प्रतिवद्धता ब्यक्त गर्नु भयो । अर्यालले नगरपालिकालाई जनमुखी बनाउदै स्थानिय तहलाई जनताको अभिभावकको रुपमा भरोसाको केन्द्र बनाउने दावी गर्नु भयो । अर्यालले नगरको विकासका निम्ति उत्पादकत्व वृद्धिमा जोड दिने बताउनु भयो । अर्यालले नगर भित्र देखा परेको सुकुम्बासी समस्यालाई यथाशिर्घ समाधान गर्ने काम आफ्नो प्राथमिकतामा रहेको बताउनु भयो । अर्यालले सबै जात जाती वर्ग समुदायको संरक्षण गर्ने दायित्व नगरपालिकाको भएको चर्चा गर्दै संस्कृतिको संरक्षण, प्रवर्धनमा जोड दिने प्रतिवद्धता ब्यक्त गर्नु भयो । अर्यालले नगरबासीको सुन्दर भविश्यका लागि, सिंगो नगरको समृद्धिका निम्ति एमालेका सूर्य ध्वजावाहक उम्मेद्वारर्लाई विजयी बनाउन अपिल समेत गर्नु भयो । मेयरका प्रत्यासी अर्यालले संचारकर्मीको जिज्ञासालाई सम्बोधन गर्दै यस्तो धारणा सार्वजनिक गर्नु भएको हो ।
त्यस्तै उपमेयरकी प्रत्यासी रिता थारुले रोजगारी वृद्धिका लागि जल, जंगल र जमिनमा आधारित उद्योग स्थापनामा प्रोत्साहन गर्दै अनुदानको ब्यवस्था गर्ने, सिचाईको उचित प्रबन्ध गर्ने, कृषकलाई प्रोत्सान गर्ने, शिक्षाको गुणस्तर सुधार गर्ने, नगरका अधुरा भौतिक पूर्वाधारका कार्यलाई तिव्रता दिने प्रतिवद्धता ब्यक्त गर्नु भयो । उपमेयरकी प्रत्यासी रिता थारुले महिला स्वस्थ्य स्वयमसेविकालाई उनीहरुको कार्य सम्पादनको आधारमा प्रोत्साहन गर्ने र महिला तथा बालबालिकालाई निशुल्क ओपिडी ब्यवस्था गर्ने बताउनु भयो । उपमेयरकी प्रत्यासी थारुले पनि समृद्ध नगर, सुखी नगरवासीको संकल्प पुरा गर्न सूर्य ध्वजावाहक उम्मेद्वरलाई विजयी बनाउन अपिल गर्नु भयो ।

प्रकाशित : २७ बैशाख २०७९, मंगलबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६