प्रदेश

‘सूर्य’ चिन्हमा मतदान गर्न नगर प्रमुखका प्रत्यासी अर्यालको अपील



कपिलवस्तु २७ वैशाख
नेकपा (एमाले) बाणगंगाका नगर प्रमुखका प्रत्यासी चक्रपाणी अर्यालले आसन्न स्थानीय निर्वाचनमा ‘सूर्य’ चिन्हमा मतदान गर्न बाणगंगा नगरबासी समक्ष अपील गर्नुभएको छ ।
मंगलबार एक प्रेस विज्ञप्ती जारी गर्दै नगर प्रमुखका प्रत्यासी चक्रपाणी अर्यालले अध्याधिक बहुमतले विजयी गराउन सूर्य चिन्हमा मतदान गर्न अपील गर्नुभएको हो ।
विज्ञप्ती मार्फत अर्यालले नगरका सबै मतदाताहरुलाई उत्साहपूर्वक मतदान प्रकृयामा सहभागी हुन आह्वान गर्दै निष्पक्ष, भयरहित र शान्तिपूणर् वातावरणमा निर्वाचन सम्पन्न गर्न आवश्यक सहयोग पुर्‍याउन समेत सबैसँग अपील गर्नुभएको छ ।
अर्यालले ‘एमालेको तर्फबाट नगर प्रमुख, नगर उपप्रमुख, वडा अध्यक्ष , वडा सदस्यका प्रत्यासीलाई आफ्नो अमूल्य मत दिएर समृद्ध नगर, सुखी बाणगंगा नगरबासीको संकल्प पुरा गर्न महत्वपूणर् योगदान गर्नुहुन अनुरोध गर्दछौं विज्ञप्तीमा भनिएको छ ।
विज्ञप्तीमा आगामी ५ वर्षभित्र नगरका सबै गाउँ,टोललाई समग्र विकास, सुशासन, सामाजिक न्यायसहितको समतामूलक एवं समृद्ध युगमा प्रवेश गराउन जनताको बीच अवरात्र खटने प्रतिवद्ध रहने उल्लेख गरिएको छ ।
विज्ञप्तीमा ‘हाम्रो मूल ध्येय भनेकै ‘समृद्ध नगर, सुखी वाणगंगा बासी ’ हो । यस ध्येयलाई साकार पार्नका निमित्त आर्थिक विकासका क्षेत्रमा, आधुनिक भौतिक पूर्वाधार निर्माणका क्षेत्रमा, ग्रामीण तथा शहरी पूर्वाधार विकासका क्षेत्रमा, सुकुम्बासी समस्या समाधानका क्षेत्रमा र शिक्षा, स्वास्थ्य, खानेपानी तथा सरसफाइका क्षेत्रमा मात्र होइन, रोजगारी, सामाजिक सुरक्षा, संरक्षण तथा रूपान्तरण लगायतका क्षेत्रमा महत्वपूणर् उपलब्धिहरू हामीले ५ वर्ष भित्रै हासिल गर्ने अठोट लिएका छौं ।
अर्यालले विकास र सुशासनलाई तीब्र गतिमा अघि बढाउने भिजन, नीति र कार्यक्रम नगरको घोषणा पत्र मार्फत प्रतिवद्धता आदरणिय बाणगंगाबासी बीच जाहेर गर्दै बाणगंगा नगरपालिमा एमालेको सरकार निर्माण गरी समृद्ध नगर, सुखी बाणगंगा नगरबासीको संकल्प पुरा गर्न प्रतिवद्ध छौं विज्ञप्तीमा अपिल गरिएको छ ।

प्रकाशित : २७ बैशाख २०७९, मंगलबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६