प्रदेश

यशोधराका मतदाता भन्छन् ‘जनप्रतिनिधि असल नहुँदा विकास भएन ’




कपिलवस्तु वैशाख २७
कपिलवस्तुको यशोधरा गाउँपालिकामा असल जनप्रतिनिधि नहुँदा विकासमा पछाडी परेको बताइएको छ । पछिल्लो ५ वर्ष निर्वाचित भएका जनप्रतिनिधिले विकासको काममा चासो नदिँदा यशोधरामा विकास नभएको मतदाताहरु बताउछन् ।
अन्य पालिकामा सडक कृषि पुर्वाधार, सिंचाई, शिक्षा, पुल पुलेसा, खानेपानी लगायतमा धेरै काम भए पनि यशोधरा गाउँपालिकामा भने निकै पछाडी परेको जनताहरु बताउँछन् । गाउँपालिकामा उच्च शिक्षा हासिल गर्न क्याम्पस नहुँनु , दमकल नहुँनु , सामान्य सुविधाको अस्पताल नहुनु , हरीयाली सहितका पार्क नहुनु , प्राविधिक शिक्षा अध्ययनको लागि प्रयाप्त अवसर नभएको कारण विकास नभएको बताइएको छ ।
पुराना दलको ५ वर्ष सम्म शासन हेरीयो तर विकास देख्न पाइएन । फेरी त्यही हुन दिईन्न । यस पटक विकास हेर्ने नेतालाई भोट दिइने स्थानीयहरु बताउछन् ।

प्रकाशित : २७ बैशाख २०७९, मंगलबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६