प्रदेश

यशोधरामा एमालेको योजना ‘क्याम्पस, कन्या विद्यालय देखी प्राविधिक शिक्षालय सम्म’




कपिलवस्तु वैशाख २७
विकासको सवालमा पछाडी परेको यशोधरामा शिक्षामा आमुल परिवर्तन ल्याउने एमालेबाट मेयरका उम्मेदवार शिवदयाल तिवारीले बताउनु भयो । गाउँपालिकामा शिक्षाको सवालमा निकै कमजोर भएको हुँदा शिक्षाको विकासको लागि नयाँ योजना ल्याउने तिवारीले बताउनु भयो ।
पालिकामा उच्च शिक्षा अध्ययन गर्ने कलेज क्याम्पस नहुदाँ पढ्न नपाएको बताउँदै आफ्नो पहिलो प्राथमिकता क्याम्पस खोल्ने रहेको बताउनु भयो । सूर्य चिन्ह लिएर एमालेबाट गाउँपालिका अध्यक्षमा उम्मेदवारी दिनु भएको शिवदयाल तिवारीले बालिका मात्र अध्ययन गर्ने गरी कन्या विद्यालय, मुस्लीम विद्यार्थी अध्ययन गर्न उच्च तहको मदरसा समेत चलाउने बताउनु भयो ।
प्राविधिक शिक्षा अध्ययन गर्न प्रविधिक विद्यालय र युवा हरुलाई स्वरोजगार मुलक तालिमको व्यवस्था गर्ने योजना रहेको बताउनु भयो ।

प्रकाशित : २७ बैशाख २०७९, मंगलबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६