प्रदेश

तुलसीपुर १७ का वडाध्यक्ष उम्मेदवारको मृत्युपछि उनकै छोरा उम्मेदवार




दाङ, २८ वैशाख ।
नेकपा एमालेले तुलसीपुर उपमहानगरपालिका वडा नं १७ मा वडाध्यक्षका उम्मेदवारको मृत्यु भएपछि उनका छोरालाई उम्मेदवार बनाएको छ । स्थानीय तह निर्वाचनका लागि वडाध्यक्षमा उम्मेदवारी दिएका लबरू चौधरीको मृत्यु भएपछि उनका कान्छा छोरा प्रदीप चौधरीलाई उम्मेदवार बनाइएको नेकपा एमालेका जिल्ला अध्यक्ष हुकुम बस्नेतले जानकारी दिए ।

उम्मेदवारको मृत्युपछि निर्वाचन आयोगले उक्त वडामा जेठ ३ गते निर्वाचनको मिति तय गरेको छ र बुधबार र बिहीबार उम्मेदवारी दर्ताको समय तोकिएको छ । तुलसीपुर उपमहानगरपालिकाको निर्वाचन अधिकृतको कार्यालयमा पुगेर प्रदीपले बुधबार नै उम्मेदवार दर्ता गराएका एमालेका जिल्ला अध्यक्ष बस्नेतले बताए ।

वडाध्यक्षका उम्मेदवार लवरु चौधरी चुनाव प्रचारको क्रममा एक्कासी बिरामी परेपछि उपचारका लागि काठमाडौंको शिक्षण अस्पतालमा लगिएको थियो । त्यही क्रममा उनको मंगलबार राति मृत्यु भएको थियो । तुलसीपुर बघौसी निवासी ५३ बर्षीय चौधरी मिर्गौला र कलेजोको विरामी थिए । उनले यसअघिको कार्यकाल तुलसीपुर १७ को वडा सदस्य भएर समेत काम गरेका थिए ।

प्रकाशित : २८ बैशाख २०७९, बुधबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६