प्रदेश

उपल्लो डोल्पामा लेक लागेर मृत्यु भएका म्यादी प्रहरीको शव दुनै ल्याउन समस्या



डोल्पा, २८ वैशाख । उपल्लो डोल्पामा लेक लागेर मृत्यु भएका म्यादी प्रहरीको शव जिल्ला सदरमुकाम दुनै ल्याउनका लागि हेलिकप्टर प्रयोग गर्नु पर्ने भएको छ । ठूलीभेरी नगरपालिका –७ का २४ वर्षीय सुरिल विकको लेक लागेर उपल्लो डोल्पाको शे फोक्सुण्डो गाउँपालिकाको शे गाउँमा मंगलबार मृत्यु भएको थियो ।

निर्वाचन सेलको बुधबार बसेको बैठकले पोष्टमार्टमका लागि शव बोकेर दुनै ल्याउन सक्ने अवस्था नभएकोले हेलिकप्टर माग गर्ने निर्णय भएको डोल्पाका प्रमुख जिल्ला अधिकारी वेदनिधि अधिकारीले जानकारी दिए । शवलाई पोष्टमार्टमका लागि दुनै ल्याउनका लागि लेक चढ्नु पर्ने भएकोले बोकेर ल्याउने अवस्था नभएको उनको भनाइ छ ।

प्रकाशित : २८ बैशाख २०७९, बुधबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६