काठमाण्डाै – आउँदाे जेठ १ गतेदेखि बैंक तथा वित्तीय संस्थामा पनि हप्तामा दुई दिन बिदा हुने भएको छ ।
राष्ट्र बैंकले सूचना निकालेर सरकारको निर्णयअनुसार जेठ १ गतेदेखि शनिवार र आइतवार बिदा दिइने उल्लेख गरेको छ । अरू दिन बिहान साढे ९ बजेदेखि बेलुका साढे ५ बजेसम्म बैंक खुल्नेछन् ।
दशैँ, तिहार बाहेक अन्य बिदा लगातार दुई दिनभन्दा धेरै भएमा तेस्रो दिनदेखि बैंक तथा वित्तीय संस्थाका सेवा नियमित गर्न कर्मचारी खटाएर राजस्व कारोबार गर्ने शाखा खुलाउनुपर्नेछ ।
सेवाग्राहीले एकै दिनमा सम्पन्न हुने सेवाका लागि अर्को हप्ता बैंक धाउनु नपर्ने गरी काम गर्न पनि राष्ट्र बैंकले निर्देशन दिएको छ ।
प्रतिक्रिया