प्रदेश

कांग्रेसका पूर्वसांसद श्रेष्ठसहित ५ जना निलम्बित



काठमाडौं, २९ वैशाख । नेपाली काँग्रेसका चितवनका पाँच जना नेतालाई पार्टीबाट निलम्बन गरेको छ । भरतपुर महानगरपालिकामा गठबन्धनका उम्मेदवार विरुद्ध लागेको भन्दै काँग्रेसले पूर्व सांसद र तरुण दलका पूर्व केन्द्रीय सदस्यसहित पाँच जनालाई निलम्बन गरेको हो ।

काँग्रेस सचिव प्रदीप पराजुलीले एक विज्ञप्ति जारी गरी पूर्व सांसद भीम बहादुर श्रेष्ठ, पूर्व केन्द्रीय सदस्य शम्भु प्रसाद अर्याल, क्षेत्रीय प्रतिनिधि सूर्य बस्नेत, तरुण दलका पूर्व जिल्ला सचिव आन्नदराज राउत र क्रियाशील सदस्य डा केशव पौडेललाई कारबाही स्वरुप निलम्बन गरिएको जानकारी दिए ।

पार्टी विधान र अनुशासन बाहिर गएर कार्य गरेको भन्दै उनीहरुलाई पार्टी सदस्यबाट निलम्बन गरिएको हो । भरतपुरमा पाँच दलीय गठबन्धनबाट माओवादीकी रेनु दाहाल मेयरकी उम्मेदवार छिन् । पार्टीले मेयर माओवादी केन्द्रलाई छोडेको भन्दै चितवन काँग्रेसको असन्तुष्ट पक्षबाट जगन्नाथ पौडेलले बागी उम्मेदवारी दिएका छन् ।

प्रकाशित : २९ बैशाख २०७९, बिहिबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६