प्रदेश

गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल दोस्रो हब बन्दै



काठमाडौं, २९ वैशाख । नयाँ विमानस्थल सञ्चालनमा आएसँगै वायुसेवा कम्पनीहरुले भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थललाई दोस्रो हव विमानस्थल बनाउने भएका छन् ।

काठमाडौंबाहेक अहिले वायुसेवा कम्पनीको प्राथमिकतामा पोखरा हवका रुपमा रहेको थियो । बुद्ध एयरले पोखरा विमानस्थललाई एयरले सबै प्रदेशसँग जोडेको छ ।

अब भैरहवा विमानस्थलाई समेत सबै प्रदेशमा जोड्ने तयारी भइरहेको कम्पनीले जनाएको छ । बुद्ध एयरले बिहीबार एक विज्ञप्ति निकाल्दै गौतमबुद्ध विमानस्थललाई आन्तरिकतर्फ दोस्रो हबको रुपमा सबै प्रदेशबाट जोड्न लागेको जनाएको हो । भैरहवाबाट पोखरा र भरतपुरको उडान अहिले पनि सञ्चालनमा छ ।

निकट भविष्यमा भैरहवाबाट विराटनगर, भक्तपुर, जनकपुर, सिमरा, नेपालगञ्ज र धनगढीमा क्रमशः उडान भर्ने योजना बुद्ध एयरले जनाएको छ । उडानसँगै पर्यटकहरुका लागि बुद्ध एयरको भगिनी संस्था बुद्ध होलिडेजमार्फत होलिडे प्याकेजहरु पनि सञ्चालन गरिहेको छ ।

प्रकाशित : २९ बैशाख २०७९, बिहिबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६