प्रदेश

कपिलवस्तुका २० मतदानस्थल अतिसंवेदनशील




हरि घिमिरे, २९ वैशाख ।
कपिलवस्तुमा स्थानीय तहको निर्वाचनका लागि छुट्टाइएका मतदानस्थल सुरक्षाको दृष्टिकोणले अतिसंवेदनशील सूचीमा परेका छन् । भारतसँग सीमा जोडिएकोले २० मतदानस्थल अतिसंवेदनशील सूचीमा परेका हुन् । प्रजिअ धमेन्द्रकुमार मिश्राले जिल्लामा रहेका २ सय ३५ मतदान स्थललाई सुरक्षाका दृष्टिकोणले तीन तहमा वर्गीकरण गरिएको बताए । जिल्ला सुरक्षा समितिले मतदानको समय र त्यसअघि हुनसक्ने घटनालाई मध्यनजर गरी २० मतदान स्थललाई अति संवेदनशील सुचीमा राखेको हो । मिश्राले निर्वाचन स्थलको निरीक्षणपछि मतदान स्थलको सुची निर्धारण गरिएको बताए ।

समितिले निर्वाचन स्थलको निरीक्षण अनुगमनपछि स्थलहरूलाई वर्गीकरण गरेको हो । जिल्लामा विगतका निर्वाचनमा भएका गतिविधि, सुरक्षा संवेदनशीलता लगायतका विषयमा छलफल गरी मतदान स्थलको वर्गीकरण गरिएको छ ।
जिल्लाका १० पालिकामा ४ सय ६८ मतदान केन्द्र कायम गरिएका छन् । समितिले ६२ लाई संवेदनशील र १ सय ५३ मतदान स्थललाई सामान्यको सूचीमा राखेको छ ।

मतदान केन्द्रमा निर्वाचनका लागि ३ हजार ७४१ कर्मचारीहरू परिचालन मतदान केन्द्रमा निर्वाचनका लागि ३ हजार ७४१ कर्मचारीहरू परिचालन गरिएको जिल्ला निर्वाचन अधिकारी ज्ञानुराज पन्थीले बताए । प्रत्येक केन्द्रमा तीन जना स्वयंसेवक कर्मचारी स्थानीय रूपमा नै नियुक्त भईसकेका छन् । उनका अनुसार निर्वाचनका लागि कर्मचारीहरु केन्द्रमा पुगिसकेका छन् । उता निर्वाचनमा सुरक्षालाई विशेष ध्यान दिइएको प्रहरी उपरीक्षक दानबहादुर कार्कीले बताए । निर्वाचनलाई स्वच्छ र भयरहित बनाउन आफूहरूले भरपर्दो सुरक्षा व्यवस्था मिलाएको उनले बताए । निर्वाचनमा म्यादी, नेपाल प्रहरी र सशस्त्र प्रहरी गरी ४ हजार बढी सुरक्षाकर्मी परिचालन भएका छन् । कपिलवस्तुमा २१ साना र ६ ठुला दल गरी कुल २७ दल मतदानमा सहभागी हुनेछन् ।

प्रकाशित : २९ बैशाख २०७९, बिहिबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६