कपिलवस्तु ६ जेठ। कपिलवस्तुका कतिपय पालिकामा मत गणना जारी छ कतिपयमा नयाँ प्रतिनिधी चुनिएर प्रमाणपत्र पाउने प्रतिक्षमा छन् । तर कपिलवस्तु नगरपाकिला तौलिहवा भने जिज्जा मै पहिलो वनेको छ प्रमाणपत्र पाउने र सपथ लिनेमा । बीहिवार कपिलवस्तु नगरपालिकामा नव निर्वाचित पदाधिकारीलाई प्रमाण पत्र बितरण गरिएको हो । मुख्य निर्वाचन अधिकृतको कार्यालले नव निर्वाचित पदाधिकारीहरुलाई प्रमाण पत्र दिएको हो । १२ वडा रहेको कपिलवस्तुमा ६२ जना पदाधिकारीहरु निर्वाचित भएका छन । मेयर सुदीप पौडल र उप मेयर सुनिता गुप्ता सहीत १२ वाडाध्यक्ष, ४८ सदस्यलाई मुख्य निर्वाचन अधिकृृत तजेन्द्र प्रसाद शर्माले प्रमाण पत्र प्रदान गरेका थिए । सो अवसरमा मुख्य निर्वाचन अधिकृत शर्मा, प्रजिअ धर्मेन्द्र कुमार मिश्र, जिल्ला सुरक्षा निकायका प्रमुखले नव निर्वाचित पदाधिकारीहरुलाई अबिर र माला लगाई सम्मानित गरेको थिए ।
कार्यक्रममा प्रमुख निर्वाचन अधिकृत शर्माले मेयर पौडेलाई सपथ समेत खुवाएका थिए । सो अवसरमा मुख्य अधिकृत शर्माले नव निर्वाचित पदाधिकारीहरुले कपिलवस्तु नगरापलिको समग्र विकास र पारदर्शीता सुशासन कायम भुमिका खेल्ने भन्दै शुभकामना मन्तब्य दिएका थिए । सो अवसरमा नव निर्वाचित मेयर पौडले स्वतन्त्र र निष्पक्ष निर्वाचन गराउन प्रत्यक्ष र अप्रत्यक्ष भुमिका खेल्ने सबैलार्इृ धन्याबाद दिदै कपिलवस्तु नगरपालिकालाई नुमना नगरपालिका बनाउन आफुले सक्दो भुमिका खेल्ने प्रतिबद्धता ब्यक्त गरे । नगरपालिकामा ४७हजार ८० मत मध्ये ७५ दशमलव ६५ प्रतशित मत खसेको थियो । जसमध्ये १ दशमलव ९३ प्रतिशत मत बरद भएको थियो । यस्तै ६८६ मत भने पुर्ण बदर भएको जिल्ला निर्वाचिन अधिकृत ज्ञानुराम पन्थीले बताए ।
६ जेष्ठ २०७९, शुक्रबार








प्रतिक्रिया