प्रदेश

दाङमा टिप्परको ठक्करबाट एक जनाको ज्यान ज्यान गयो, कपुरकोट–तुलसीपुर सडक खण्ड अबरुद्ध



दाङ, ०७ जेठ । राप्ती राजमार्ग अन्तर्गत दाङको कपुरकोट–तुलसीपुर सडक खण्ड अहिले बन्द छ । टिप्परको ठक्करबाट एक युवकको ज्यान गएपछि मृतकका आफन्त र चार राजनीतिक दलले राप्ती राजमार्ग अन्तर्गत कपुरकोट–तुलसीपुर सडक खण्ड बन्द गरेका हुन्।

नेकपा एमाले, नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीले संयुक्तरुपमा विज्ञप्ति निकालेर आज बिहान १० बजेदेखि राप्ती राजमार्ग अन्तर्गत कपुरकोट–तुलसीपुर सडक खण्ड बन्द गरिएको जनाएका हुन् ।

अत्यावश्यक गाडी एम्बुलेन्सबाहेक अन्य सबै गाडीलाई रोक लगाइने विज्ञप्तिमा उल्लेख गरिएको छ । घटना भएको तीन दिनसम्म पनि घोराही सिमेन्ट कम्पनी र जलजला यातायात प्रालिका जिम्मेवार व्यक्ति सम्पर्कमा नआएको भन्दै सडक बन्द गरिएको हो ।

तुलसीपुर ४ हर्नेटीमा यही बिहीवार बेलुका टिपरको ठक्करबाट गम्भीर घाइते भएका कपुरकोट गाउँपालिका वडा नम्बर –३ का १८ वर्षीय आकाश सेनको राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा उपचारका क्रममा ज्यान गएको थियो ।

कपुरकोटबाट तुलसीपुर आउँदै गरेको रा १ प ३१७९ नम्बर मोटरसाइकललाई रा १ ख ११२३ नम्बरको टिपरले ओभरटेक गर्ने क्रममा तुलसीपुर ४ हर्नेटीमा ठक्कर दिएको थियो ।

मृतक सेनको शव राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा राखिएको छ । घटनामा संलग्न व्यक्ति सम्पर्कमा नआउँदासम्म पोष्टमार्टम नगर्ने पीडित परिवारको अडान छ । ठक्कर दिने टिपर र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ।

प्रकाशित : ७ जेष्ठ २०७९, शनिबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६