प्रदेश

महिला टी-२० सिरिजः नेपालको दोस्रो जित




काठमाडौं, ७ जेठ। महिला टी-२० अन्तर्राष्ट्रिय शृंखलाको पाँचौं तथा अन्तिम खेलमा नेपालले युगान्डालाई ३४ रनले पराजित गरेको छ। अन्तिम दुई खेलमा जित निकाले पनि सिरिज भने अघिल्लो तीन खेलमा लगातार जित निकाल्दै युगान्डाले जितिसकेको छ ।

शनिबार कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस हारेर ब्याटिङ गरेको नेपालले युगाण्डालाई १२४ रनको लक्ष्य दिएको थियो । तर निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै युगण्डाले जम्मा ९० रन मात्र बनाउन सक्यो ।

युगान्डाका लागि भने ओपनरद्वय केविन अविनोले १५, फियोना कुलुमी र साकिरा साडिकले ८( ८, जनेत बाबाजीले १०, रीता मुसामानी २६, सुसन ककाइले ७ रन जोडिन् । नेपालका लागि ईन्दु बर्मा र सीता राना मगरले २र२ विकेट लिए । त्यस्तै अस्मिना कर्मचार्य र हिरनान्माये रोयले समान १र१ विकेट लिए ।

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस हारेर ब्याटिङ गरेको नेपालका लागि ओपनर ज्योति पाण्डेले सर्वाधिक ४९, कविता जोशीले अविजित १८, सीता राना मगरले १७, अप्सरी बेगमले ११, इन्दु बर्माले ८ रन जोडे । कप्तान रुविना क्षेत्री र डली भट्ट शून्यमै रनआउट भए ।

प्रकाशित : ७ जेष्ठ २०७९, शनिबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६