प्रदेश

बाणगंगाका टंक रेग्मीलाई ब्रेन ट्युमरः आर्थिक सहयोगका लागि परिवारको अपिल



कपिलवस्तु, ०८ जेठ ।
कपिलवस्तुको बाणगंगा नगरपालिका २ राजपुरका टंक रेग्मीलाई बे्रन ट्युमर भएको ७ वर्ष भयो । सात वर्ष पहिले ट्युमरको शल्यक्रिया गरेपनि अहिले फेरि त्यहि ठाँउमा ट्युमर पलाएपछि उपचारमा आर्थिक संकट परेको छ । सामान्य परिवारका रेग्मीले सात वर्ष पहिले लाखौ खर्च गरेर ट्युमरको शल्यक्रिया गरेका थिए । तर अलिे शल्यक्रिया गरेकै ठाँउमा ट्युमर पलगाएपछि उपचारमा आर्थिक समस्या परेको हो । ४६ वर्षिय टंक रेग्मीको परिवारमा ६ जना हुनुहुन्छ ।

‘सात वर्ष पहिले शल्यक्रिया गर्दा लाखौ खर्च भयो त्यो ऋण अझैसम्म तिर्न सकेका छैनौ अहिले फेरि ट्युमर पलाएको छ रेग्मीकी श्रीमती माया रेग्मीले मायादेवीसंग भन्नुभयो । श्रीमान उता अस्पतालमा हुनुहुन्छ हामीसंग उपचारका लागि पैसा छैन कहि कतै बाट आर्थिक सहयोग पाएमा उपचारमा सहयोग हुनेथियो उहाले भन्नुभयो ।’ आफु सक्दो सहयोग गर्नपनि उहाले सबैलाई आग्रह गर्नुभएको छ । सहयोगका लागि मेघा बैंकको खाता नम्बर ०३९००५००४४०३५ खाता नम्बर वा ९८४७०१८३८८ मा सम्पर्क गर्नपनि सकिने छ ।

प्रकाशित : ८ जेष्ठ २०७९, आइतबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६