प्रदेश

नव प्रभात सामुदायिक वनको बिशेष साधारणसभाः तिनवटा योजना अनुमोदन्




हरि घिमिरे, ०९ जेठ ।
कपिलवस्तुको बाणगंगा वडा न. ८ मा रहेको नव प्रभात सामुदायिक वन उपभोक्ता समुहले बिशेष साधारण सभा सम्पन्न गरेको छ । आईतवार मालिका मन्दीरको प्राङ्गगणमा आयोजित साधारण सभाले तिनवटा योजना संसोधन गरेको छ । जसमा लुम्विनी प्रदेशको वन ऐन २०७८ को दफा २३ (५) मा उत्पादनशिलल वनको हकमा उपभोक्ता समूहको चाहनामा समूहले वन संवर्धन प्रणालीमा आधारित कार्ययोजना तयार गरी कार्यान्वयन गर्नेछ भन्ने प्रावधान उल्लेख भएको छ । त्यसैले लुम्विनी प्रदेशको वन नियमावली २०७९ मा साबिकका प्रचलित कानुन बमोजिम तयार भई प्रचलित कानुन बमोजिम स्वीकृत भएका कार्ययोजनाहरु ऐन र यसै नियम बमोजिम संशोधन गरी कार्यान्वयन गर्नु पर्नेछ भन्ने प्रावधान उल्लेख गरेको छ । सोहि अनुसार नवप्रभात सामुदायिक वन उपभोक्ता समूहको वन व्यवस्थापन कार्ययोजना २०७७ लाई प्रदेश वन ऐन २०७८ र प्रदेश वन नियमावली २०७९ मा उल्लेख भएको प्रावधान बमोजिम समूहको चाहनामा इरेगुलर शेल्टरवुड वन संवर्धन प्रणालीमा आधारित वन कार्ययोजना तयार गरी आवश्यक संशोधन गरीएको हो । उक्त वन संवर्धन प्रणालीमा आधारित संशोधित वन कार्ययोजना समूहको विशेष साधारण सभाबाट अनुमोदन गरिएको हो । त्यस्तै सामुदायिक वन उपभोक्ता समूहले इरेगुलर शेल्टरवुड वन संवर्धन प्रणाली अवलम्वन गरी तयार गरेको संशोधित वन कार्ययोजना कार्यान्वनय गर्ने र कार्यान्वयनका लागि कार्य समितिलाई जिम्मेवारी समेत साधारण सभाबाट तोकिएको छ । वनले उपभोक्ता समूहले स्वीकृत कार्ययोजनामा काठ दाउरा संकलन गर्ने समय ज्यादै कम भएकाले तोकिएको परिमाणमा नवढ्ने गरी काठ दाउरा संकल उपभोक्ता समूह आफैले संकलन गर्ने निर्णय समेत गरेको छ । बिशेष साधारण सभामा वनका अध्यक्ष डिल्लीराज रेग्मीको अध्यक्षता, डिभिजन वन कार्यलय कपिलवस्तुका वन अधिकृत विजय राज सुवेदिको प्रमुख आतिथ्यता रहेको कार्यक्रमको संचाल सचिव सारदा थापाले गरेकि थिईन । कार्यक्रमा करिव ६ सय बढि उपभोक्ताको उपस्थिति रहेको थियो ।

प्रकाशित : ९ जेष्ठ २०७९, सोमबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६