प्रदेश

अर्घाखाँचीको छत्रदेव गाउँपालिकाको पहिलो निणर्य, ४० जना विद्यार्थीलाई कृषिमा डिप्लोमा पढाउने



अर्घाखाँची, ०९ जेठ ।
अर्घाखाँचीको छत्रदेव गाउँपालिकाका नवनिर्वाचित जनप्रतिनिधि शपथ ग्रहण गर्दै पदभार सम्हालेका छन् ।
मुख्य निर्वाचन अधिकृत वासुदेव न्यौपानेले गाउँपालिका अध्यक्ष चन्द्रमान श्रेष्ठलाई शपथ ग्रहण गराउनुभयो, पछि अध्यक्षबाट पालिका उपाध्यक्ष, वडाध्यक्ष र वडा सदस्यले शपथ ग्रहण गरे ।

पदभार सम्हाल्दै गाउँपालिका अध्यक्ष श्रेष्ठले प्रत्येक वर्ष ४० जना विद्यार्थीलाई पूर्ण छात्रवृत्तिमा कृषि विषयमा डिप्लोमा अध्ययनको व्यवस्था मिलाउने प्रतिबद्धता व्यक्त गर्नुभयो । यस्तै उहाँले गर्भवती, सुत्केरी र विपन्न नागरिकलाई निःशुल्क एम्बुलेन्स सेवा सञ्चालन गर्ने, न्यूनतम विद्युत् उपभोग गर्ने घरधुरीमा निःशुल्क विद्युतको व्यवस्था मिलाउने, वर्षमा कम्तीमा एक पटक निःशुल्क स्वास्थ्य शिविरको आयोजना गर्ने लगायतका प्रतिबद्धता पनि जनाउनुभयो । गाउँपालिकामा नवनिर्वाचित जनप्रतिनिधिको शपथसहित पूर्व जनप्रतिनिधिको बिदाइ कार्यक्रम सँगै आयोजना गरिएको हो ।

प्रकाशित : ९ जेष्ठ २०७९, सोमबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६