कपिलवस्तु ९ जेठ। कपिलवस्तुका ५ नगरपालिका प्रमुख र ४ गाउपालिका प्रमुखले सथम लिएका छन । गत बिहीवार, शक्रवार र सोमवार गरी उनीहरुले जिल्ला न्यायधिश तथा मुख्य निर्वाचन अधिकृत तेजेन्द्र शर्मासंग गोमनियात तथा पदको सपथ लिएका ह्ुन । गत बिहीवार कपिलवस्तु नगरपालिकाका मेयर सुदीप पौडल, शुक्रवार कृष्णनगर नरपालिकाका मेयर रजत प्रताप शाह, बाण्गंगा नगरपालिकाका मेयर चक्रपाण्ी अयार्ल, मायादेबी गाउपालिका अध्यक्ष वलीउद्दीन मसुलमान, यशोधरा गाउपालिकाका प्रमुख शिवदयाल तिवारीले सपथ लिएका थिए ।
सोमवार भने बुद्धुभमी नगरपालिकाका मेयर केशव कुमार श्रेष्ठ, शिवराज नगरपाकिलाका मेयर अजय थापा, बिजयनगर गाउपाकिलाका अध्यक्ष गोपाल थापा र सुद्धोदन गाउपालिकाका अध्यक्ष कमलेश चौधरीले सपथ लिएका हुन जिल्लामा ४ गाउँपालिका र ६ नगरपालिका गरी १० स्थानीय तह रहेकामा सोमवार अबेर रातिसम्म महाराजगंज नगरपालिका बाहेक सबै पालिकाको अन्तिम परिणाम आई सकेको छ । सपथ ग्रहण पछि पालिका प्रमुखले पदभार ग्रहण गरीसकेका छन । सपथ ग्रहण पछि मुख्य निर्वाचन अधिकृत शर्माले पालिका प्रमुखहरुलाइृ तत्कालै बाल संरक्षण अधिकृत र मनोसमाजिक अधिकृत नियुक्त गर्न सुझाव दिएका थिए । उनले नव निर्वाचित जन प्रतिनिधि र कर्मचारीहरु मिलेर आफनो पालिकाको विकास गर्न आग्रह गरे । महाराजगंज नगरपाकिलाको मतगणना जारी छ ।
९ जेष्ठ २०७९, सोमबार








प्रतिक्रिया